एमाले चन्द्रपुरको अधिवेशन चैत ३० गते

डिसी नेपाल
१८ चैत २०८० १०:३०

चन्द्रपुर। नेकपा एमाले चन्द्रपुर नगर कमिटीको अधिवेशन यही आउँदो चैत्र ३० गते हुने भएको छ। नेकपा एमाले चन्द्रपुर नगर कमिटीको शनिबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो।

आउँदो चैत २३ गते चन्द्रपुर नगरपालिकाका १० वटा वडामा एकै दिन वडाबाट प्रतिनिधि छनौट गर्ने कार्यक्रम तय भएको छ। सो नगर अधिवेशनमा करिब २०० प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएको छ।

शनिबार बसेको सचिवालय बैठकले विभिन्न उपसमिति समेत चयन गरेको छ। नगर अधिवेशन भव्यताका साथ सफल पार्नका लागि विभिन्न उपसमिति गठन गरिएको नेकपा एमाले चन्द्रपुर नगर कमिटीका कार्यवाहक अध्यक्ष राजेन्द्र तिवारीले जानकारी दिएका छन्।

प्रतिवेदन तथा प्रतिनिधि व्यवस्थापन समितिको संयोजकमा राजु तिवारी आर्थिक समितिको संयोजकमा रामसिंहासन यादव, प्रचारप्रसार समितिको संयोजकमा चिरञ्जीवी गौतम, अतिथि सत्कार तथा मञ्च व्यवस्थापन समितिमा लालबहादुर दोङ र रामबहादुर घलान रहेका छन् । शनिबार नेकपा एमालेका केन्द्रीय सदस्य उद्धव प्रसाद रेग्मीको प्रमुख आतिथ्यतामा बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो।

बैठकमा प्रदेश कमिटी सदस्य वीरबहादुर गोले, जित बहादुर बिक, नेकपा एमाले रौतहटका सचिव बाबुराम दाहाल र उपसचिव मुना लामिछाने लगायतको उपस्थितिमा बसेको सचिवालय बैठकले सो निर्णय गर्दै नेकपा एमाले चन्द्रपुर नगर कमिटीको अधिवेशन भव्यताका साथ सफल पार्ने निर्णय गरेको हो। अधिवेशनले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *