करेन्ट लागेर गम्भीर घाइते भएका तामाङको सेनाको हेलिकप्टरमा उद्धार

खोटाङ । करेन्ट लागेर गम्भीर घाइते भएका केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका २४ वर्षीय धनकुमार तामाङ्को नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
केपिलासगढी–५ सप्तेश्वरमा स्थानीयवासीको घरमा मिटरबक्स जडान गर्नेक्रममा तामाङलाई करेन्ट लागेको थियो ।
सांसद विशाल भट्टराई र प्रदेशसभा सदस्य राजन राईको पहलमा तामाङको उद्धार गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राईले बताए ।
तामाङको काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको उनीसँगै सहयोगीका रुपमा गएकी मिलन सुनुवारले बताएकी छिन् ।
प्रतिक्रिया
Facebook Comment