गरिमा विकास बैंकले विभिन्न कार्यक्रम गरेर मनायो ग्लोबल मनि विक

डिसी नेपाल
१८ चैत २०८० २०:०३

काठमाडौं। गरिमा विकास बैंकले विभिन्न कार्यक्रम गरी ग्लोबल मनि विक मनाएको छ ।

बैंकले देशका ७ वटा प्रदेशमा रहेका विभिन्न स्कुल, कलेज, शैक्षिक संघ-संस्थाहरुसंगको समन्वयमा विभिन्न तहका विद्यार्थीहरुलाई लक्षित गर्दै १८ वटा कार्यक्रमहरु आयोजना गरेर ग्लोबल मनि विक मनाएको हो ।

बैंकले वित्तीय साक्षरता, वित्तीय अन्तरक्रिया, शैक्षिक सामग्री वितरण, वित्तीय चेतना प्रभातफेरी लगायतका १८ वटा कार्यक्रमहरु सम्पन्न गरेको उल्लेख गरेको छ ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा  एटिएम मार्फत ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *