आफूमाथि उठेका विषय संसदमा उभिएर जवाफ दिन पाउनुपर्छ : गृहमन्त्री लामिछाने

डिसी नेपाल
२० चैत २०८० १३:४१

काठमाडाैं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सदनमा उठेका बिषयहरुको जवाफ सदनमै उभिएर दिन पाउनुपर्ने बताएका छन्।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानले सहकारी लगाएतका बिषयमा सदनमा उठेका प्रश्नको जवाफ सदनमा दिने अवसर पाउनुपर्ने बताएका छन्।

लोकतन्त्रमा प्रतिपक्षीले आफुलाई लागेका कुराहरु सदनमा उठाउन पाउनुपर्ने बिषयलाई आफूले सम्मान गर्ने भन्दै उहाले आफूले पनि सदनमा नै त्यसको जवाफ दिने अवसर पाउनुपर्ने बताए।

लामिछानले गृहमन्त्रालयको काम कारवाही, बिपत व्यवस्थापनको तयारी, भूकम्पपिडितको पुर्नवास लगाएतका बिषयमा समेत आफूले जवाफ दिन चाहिरहेको जिकिर गरे। उनले जाहेरी दिँदैमा सदनमा सवै बिषयमा छानविन गर्न संसदीय समितिको आवश्यक नरहेको धारणा राखे।

रास्वपा सभापति समेत रहेका लामिछानेले पार्टीका अन्य नेताहरुको पनि सहकारी प्रकरणमा नाम जोडिएको बिषयमा प्रचारबाजी मात्रै भएको तर्क गरे। कसैमाथि प्रश्न उठ्दैमा आतिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *