सुदूरपश्चिमका मुख्यमन्त्री शाहले चैत २२ गते विश्वासको मत लिने
धनगढी।सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले चैत २२ गते विश्वासको मत लिने भएका छन् । सरकारले विश्वासको मत लिने सम्बन्धि प्रस्ताव प्रदेश सभामा दर्ता गरको हो ।
नेकपा माओवादी केन्द्र र समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह फागुनको २३ गतेदेखि अल्पमतमा परेका थिए । संबिधान अनुसार चैत्र २२ गते विश्वासको मत लिने अन्तिम दिन पनि हो।
५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८ सांसद रहेका छन् भने नाउपाका ७ सांसद रहेका छन् । सुदूरपश्चिममा बहुमतका लागि २७ प्रदेश सभा सदस्य आवश्यक पर्दछ । नाउपामा विवाद बढेपछि मुख्यमन्त्री शाहको संकट बढेको हो। नाउपाले विश्वासको मत दिने नदिने स्पष्ट रहेको छैन।
त्यस्तै सुदूरपश्चिममा माओवादीका सभामुख सहित ११, एमालेका उपसभामुख सहित १०, एकीकृत समाजवादीका ४, राप्रपा १ र स्वतन्त्र १ सांसद रहेका छन्।
यसैबीच केन्द्रमा रहेको नयाँ समीकरणमा रहेका दलहरुबीच सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति भएको छ ।
Facebook Comment