जुन विवाहमा पनि बेहुला बन्ने प्रबृत्तिले निम्त्याएको संकट
जहिले पनि गृहमन्त्री बन्नु पर्ने, जहिले पनि स्वास्थ्य मन्त्री नै बन्नु पर्ने र जहिलेपनि आफैंं प्रधानमन्त्री बन्नुपर्ने प्रबृत्ति भनेको जुन विवाहमा पनि आफैं बेहुला बन्नुपर्ने प्रबृत्ति नै हो। नेपाली नेताहरुमा जुन विवाहमा पनि आफैं बेहुला बन्नु पर्दछ भन्ने लिँडेढिपीले गर्दा आज नेपालको हरिविजोक भइरहेको छ।
शुरु गरौं राष्ट्रिय स्वतन्त्र पार्टीका नेता र समर्थकहरुबाट। जीवी राई जसलाई केही दिन रबि लामिछानेले काँधैमा बोकेर हिडेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी भित्र भएको सहकारीको स्वाद चाखेकाहरुको झुण्डका नाइके जीवी राई भन्ने प्रमाणित नै भएको छ।
श्रम मन्त्रीको कुरा आओस् या गृहमन्त्री रबि लामिछानेको कुरा आओस् सबैलाई जीवी राईको कर्तुतले डामेकै छ। जीवी राईलाई कुनै सहकारी देख्नै नहुने त्यसको अध्यक्ष वा हर्ताकर्ता हुनै पर्ने। अर्थात् जुन विवाहमा पनि आफैं बेहुला बन्ने प्रबृत्तिले गर्दा अहिले देशमा हुने चर्चा सहकारीमय भएको छ।
सहकारीमा गोलमाल गर्न पल्केकाहरुले आफूलाई संरक्षण गर्न राजनीतिक पार्टी नै खोलेका हुन कि भन्ने सन्देश दिने गरी एक पछि अर्को कर्तुतहरु बाहिरिँदै जानुले सहकारी पीडित नागरिकहरु अहिले गृहमन्त्री र श्रममन्त्री जो राष्ट्रिय स्वतन्त्र पार्टीको हुनुहुन्छ, उहाँहरुमाथि खनिन थाल्नु भएको छ।
सत्य के हो? अनुसन्धानबाट आउला नै सहकारीमा भूँईमानिसहरुले जम्मा गरेको रकमलाई झ्वाम पार्नेहरु शक्तिशाली बर्ग हुन्। यसमा रबि वा उहाँको राजनीतिक पार्टीकामात्र होइनन् माओवादी केन्द्रका, एमालेका, नेपाली कांग्रेसका जिल्ला तहकादेखि केन्द्र तहका सम्म नेता कार्यकर्ताहरुको हालिमुहाली छ। तर हजमोला खाएर पनि नपच्नेगरी हसुर्नेहरु भने मिडियामा छरपस्ट भएका छन्।
गगन थापा खसी भन्ने वित्तिकै आत्तिने जस्तै रबि लामिछाने सरकारी भन्ने वित्तिकै आत्तिनु पर्ने बेला भएको छ। जीवी राई भागेर मलेशियामा बसेको तर उनलाई पक्राउ गर्न गृहमन्त्रीले चाँसो नलिएको र कहाँ छ भन्ने थाहा हुँदाहुँदै पनि अकाशमा भएपनि पतालमा भएपनि समातेर ल्याउँछु भनेर नागरिकलाई ढाँटने काम स्वयं गृहमन्त्रीले गरिरहेका छन् भन्ने कुरा घामजस्तै छर्लङ्ग छ।
त्यसैले सरकारीका कारणले कारवाहीमा परिने हो कि भनेर जुन विवाहमा पनि बेहुला बन्ने प्रबृत्ति अथवा जहिले पनि गृहमन्त्री नै चाहियो भन्ने प्रबृत्ति रबि लामिछानेमा देखिएको छ भने प्रधानमन्त्री पुष्पकमल दहाललाई पनि जुन पनि विवाहमा आफैं बेहुला बन्न मन लागेजस्तै भएको छ प्रधानमन्त्री पद।
लाग्छ, प्रधानमन्त्री बन्न नसकेका दिन सर्वोच्च अदालतमा रहेका आधा दर्जन मुद्दाहरुले आफूलाई भित्तामा पु¥याउँछ भन्ने त्रासमा स्वयं प्रचण्ड बाँचिरहेका छन्।
गगन थापा खसी भन्ने वित्तिकै आत्तिने जस्तै रबि लामिछाने सरकारी भन्ने वित्तिकै आत्तिनु पर्ने बेला भएको छ। जीवी राई भागेर मलेशियामा बसेको तर उनलाई पक्राउ गर्न गृहमन्त्रीले चाँसो नलिएको र कहाँ छ भन्ने थाहा हुँदाहुँदै पनि अकाशमा भएपनि पतालमा भएपनि समातेर ल्याउँछु भनेर नागरिकलाई ढाँटने काम स्वयं गृहमन्त्रीले गरिरहेका छन् भन्ने कुरा घामजस्तै छर्लङ्ग छ।
उनलाई प्रधानमन्त्री पद जसरी पनि चाहिएको छ। आफ्ना गल्ती कमजोरीहरु लुकाउन यहाँ कसै न कसैलाई कुनै न कुनै पद चाहिएको जस्तै भएको छ। त्यही भएर प्रधानमन्त्री प्रचण्ड फेरि पनि उथलपुथल गरेर भएपनि प्रधानमन्त्रीको कुर्सीमा टाँसिरहने अभिव्यक्ति दिनु हुन्छ।
प्रचण्डले सत्ताको खेमा परिवर्तन गर्दा म नेपालको घोडा हुँ, लात्तले हानिदिए भनेर जसलाई भनेका हुन उसले बुझी सकेको छ। उसले यो पनि बुझेको छ कि प्रचण्डको लागि सबैभन्दा प्यारो पद भनेकै प्रधानमन्त्री हो।
प्रधानमन्त्रीबाट प्रचण्डलाई हटाउन नयाँ कसरत शुरु भएपछि उनले म रहुन्जेल यहाँ उथलपुथल भइरहन्छ। फेरि पनि उथलपुथल गर्न सक्छु भनेर उथलपुथल २ गर्न खोजेको हो कि भन्ने अनुमान लगाउन धेरैलाई बाध्य पारिदिएका छन्। उनको अहिलेसम्मको उथलपुथलको प्रबृत्ति हेर्दा अब गर्ने उथलपुथलले उनको प्रधानमन्त्री पद नै चैट् पार्ने हो कि भन्ने देखिएको छ।
ढाँटदा ढाँटदा अब उनको ढँटुवा प्रबृत्तिका बारेमा सबै जानिफकार भइरहेका छन्। अब उनले गर्न खोजेको उथलपुथल के नै होला त भनेर अनुमान गर्न थालिसकेका छन्।
प्रचण्डले प्रधानमन्त्रीको हैसियतले गर्नसक्ने उथलपुथललाई निम्न सात तरिकाले विश्लेषण गर्न सकिन्छ।
उथलपुथलको पहिलो आशंका भनेको पुरानो शैलीबाटै हेरिनु पर्दछ। उनले राष्ट्रपति कांग्रेसलाई दिन नयाँ गठबन्धन गरेकै थिए। पछि राष्ट्रिय सभाको अध्यक्ष माओवादीले लिन नयाँ गठबन्धन गरे।
अब बाँकी रहेको राष्ट्रियसभाको उपाध्यक्ष एकीकृत समाजवादीलाई दिन तथा केही संवैधानिक नियुक्तिहरु फुत्काउन सत्ता परिवर्तन गर्न फेरि कांग्रेससंग समिकरण गर्नकै लागि उथलपुथल २ गर्न लागेका हुन कि भन्ने देखिएको छ।
दोस्रो उथलपुथल २ भनेको उनले जसरी गर्दा पनि प्रधानमन्त्री पदमा टिकिराख्न एमाले र कांग्रेसले नदिने भन्ने चाल पाएपछि राजा ज्ञानेन्द्र शाहसँग पुरानो मित्रता नविकरण गरेर ‘टू प्लस वन’ को रणनीतिलाई निरन्तरता दिनका लागि उथलपुथल गर्न लागेको हो कि? भन्ने पनि छ।
तेस्रो भनेको माओवादीले संसदीय व्यवस्थालाई स्वीकार गर्दा नै बाध्यताका कारणले गरेको र मौका पाउने वित्तिकै संसदीय व्यवस्थाको विकल्पको व्यवस्थामा कार्यकारी राष्ट्रपतिको निर्वाचन हुने व्यवस्था अवलम्बन गर्नका लागि १० बर्षे विद्रोहको मूलमर्मलाई लागु गर्न एक धक्का लगाउनका लागि भएपनि उथलपुथल २ गर्न लागेको हो कि? भन्ने छ।
चौथो भनेको एमाले समाजवादी मोर्चामा पनि नआउने र इलामको उम्मेदवार उठाउँदा सल्लाह पनि नगरेपछि एकीकृत समाजवादी विशेषगरी झलनाथ खनाल र माधवकुमार नेपालको इज्जत बचाइदिन पनि एमालेसँग सम्बन्ध तोड्नका लागि आफैं प्रधानमन्त्रीबाट राजीनामा दिएर संविधानको धारा ७६ को ३ अन्तर्गत शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न दिने हो कि? वा भारतको दवावमा माधव कुमार नेपाललाई वा अमेरिकाको दवावमा सिके राउतलाई प्रधानमन्त्री बनाउने खेलमा बाध्य भएर अघि बढेका हुन कि भन्ने अनुमान गर्न सकिन्छ।
पाँचो भनेको एमाले र नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्ष मिलेर नयाँ उथलपुथल गर्दा आफू एम्बुसमा परिने हो कि भन्ने त्रासले अहिले चर्चामा रहेका गृहमन्त्री रबि लामिछाने र नेपाली कांग्रेसका महामन्त्री गणन थापा दुबैलाई थान्को लगाउने उपायको खोजी गरी शेरबहादुर देउवासँग हीमचीम बढाउनका लागि समेत उथलपुथल २ गर्न खोजेको हो कि? वा नेपाली कांग्रेस एमालेसँग मिल्ने डरले अर्को कुनै गतिविधि गर्नुपर्दछ कि भन्ने सोचाईमा प्रचण्ड पुगेका हुन कि भन्न सकिन्छ।
त्यसैगरी छैठौंमा चीनको हस्तक्षेप र साथसहयोग बढेको मौकामा नेपालमा सत्ता कब्जा गरेर केही दिनका लागि भएपनि माओवाद ल्याउन एक्शन गर्ने सोच पलाएर उथलपुथल २ गर्न खोजेको हो कि?
यस्तो गर्न खोज्दा नेपाली शेनाले पनि हात बाँधेर त नबस्ने होला । नागरिक समाजको सहयोग लिएर सेनाले शान्ति र स्थायित्वका लागि कुनै कदम चाल्नु पर्ने अवस्था समेत सृजना हुन सक्दछ।
भ्रष्टचारीलाई कारवाही नगरी ८४ मिशनमा आफू पछि परिने भएकोले एमाले, कांग्रेस, मधेस केन्द्रित, राजा ज्ञानेन्द्र लगायत आफ्नै पार्टीका भएपनि कारवाही गरेर खोर भर्ने अभियान चलाउने र अवसर पाएभने प्रचण्डले गर्न सक्ने रहेछन् भन्ने जनमानसमा पारेर ८४ मिशनमा २०६४ सालको पुनराबृत्ति गराउनका लागि उथलपुथल २ गर्त लागेका छ होइनन्? भन्ने चर्चा चलिरहेको छ।
सातौंमा भ्रष्टचारीलाई कारवाही नगरी ८४ मिशनमा आफू पछि परिने भएकोले एमाले, कांग्रेस, मधेस केन्द्रित, राजा ज्ञानेन्द्र लगायत आफ्नै पार्टीका भएपनि कारवाही गरेर खोर भर्ने अभियान चलाउने र अवसर पाएभने प्रचण्डले गर्न सक्ने रहेछन् भन्ने जनमानसमा पारेर ८४ मिशनमा २०६४ सालको पुनराबृत्ति गराउनका लागि उथलपुथल २ गर्त लागेका छ होइनन्? भन्ने चर्चा चलिरहेको छ।
प्रचण्डले जे पनि गर्न सक्दछन्। सबैलाई थाहा छ। तर के गर्ने हुन कसैलाई थाहा हुन सक्दैन। आफ्ना नेता कार्यकर्ताहरुलाई संसदीय व्यवस्थालाई बदनाम गर्न हामी यसमा छिरेका हौं। मौका आउने वित्तिकै संसदीय व्यवस्थालाई फाल्ने हो भन्ने ढाडस दिएकाले अहिलेसम्म केही माओवादी नेताहरु चुप लागेर बसेका हुन्।
मौका आउने वित्तिकै कार्यकारी राष्ट्रपतिको बारेमा चर्चा गर्न वा एक्शनमा जान प्रचण्ड तयार हुन्छन्। धरानका मेयर हर्क साम्पाङ्ले समेत प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्दछ भनेर माग राख्दै एकल प्रदर्शन गरिरहेका छन्।
यसका लागि राजनीतिक पार्टीहरु बीच सहमति गराउन सक्ने अधारहरु पनि भएकोले कतै आगामी वि.सं. २०८४ मा हुने निर्वाचनमा प्रत्यक्ष कार्यकारी राष्ट्रपति वा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन त गराउन लाग्ने होइन ? यसमा गम्भिर भएर सोच्नु पर्ने भएको छ।
प्रचण्डलाई त के छ, १० बर्षे विद्रोहमा पनि दानापानी सहित भारतीय भूमिमा आर्शिवाद पाएकै हुन। भारतले घोडा बनाएको मन नपरेको उनी कतै रशिया र चीनको संयुक्त घोडा बन्नुपर्ने बाध्यता त सृजना हुने छैन?
पशुपति नाथले गरुन नेपालमा कुनै अनिष्ट नहोस । तर सबै नेताहरु जुन पनि विवाहमा बेहुला बन्न खोज्दा यहाँ बेहुला बन्न नपाएकाहरुले विद्रोह गर्दैछन्।
Facebook Comment