गाजामा सहयोग गर्नेहरूमाथि इजरायलको घातक हमला
काठमाडौं । इजरायली आक्रमणमा गाजाका मानिसहरूलाई खाना र पेय पदार्थ मार्फत मद्दत गर्ने संस्था ‘वर्ल्ड सेन्ट्रल किचन’का सात कर्मचारीको मृत्यु भएको छ । यसपछि ‘वर्ल्ड सेन्ट्रल किचेन’ ले गाजामा आफ्नो सञ्चालन बन्द गरेको छ ।
‘वर्ल्ड सेन्ट्रल किचेन’ ले मारिनेहरूले खाँचोमा परेकाहरूका लागि खाना बोक्ने गरेको बताएको छ।
‘वर्ल्ड सेन्ट्रल किचन’ को राहत सामग्री टोलीसँग तीनवटा गाडीको काफिले थियो जसमध्ये दुईवटा बख्तरबंद गाडी थिए । बीबीसीले इजरायली आक्रमणबाट तीनवटै सवारी साधन प्रभावित भएको जानकारी प्राप्त गरेको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने, “इजरायली सेनाको ‘अन्जानमा’ आक्रमणमा गाजामा निर्दोष मानिसहरू मारिएका छन्। यो युद्धको समयमा हुन्छ। हामी सरकारहरूसँग सम्पर्कमा छौं। यो फेरि नदोहोरियोस भनेर सुनिश्चित गर्न हामी सबै सम्भव कदम चाल्नेछौं।”
Facebook Comment