छिमेकीले बिरालोका २ बच्चा मारिदिए, तीमध्ये एउटा बच्चा पकाएर खाए

डिसी नेपाल
१८ साउन २०७६ १०:३६

कोट्टयम। भारतको केरलको कोट्टयममा एक व्यक्तिमाथि बिरालोका २ बच्चा मारेको र तीमध्ये एउटा खाएको आरोप लागेको छ । कलेक्सन एक्जुकेटिभ सन्जु स्टिफनले पुलिसमा आफ्ना छिमेकीविरुद्ध उजुरी दर्ता गरेका छन् । उजुरीमा छिमेकीले उनका बिरालोका २ बच्चा मारेको र तीमध्ये एउटा बच्चा पकाएर खाएको आरोप लगाइएको छ ।

उजुरीपछि कोट्टयमको गान्धीनगर पुलिसले मुद्दा दर्ता गरेर जाँच सुरु गरेको छ । आफ्नो उजुरीमा ३२ वर्षका टिफनले भनेका छन् – अघिल्लो हप्ता उनले गोली चलेको आवाज सुनेका थिए । त्यसपछि जब उनको बिरालोका एउटा बच्चा कुंजय घर आयो उसको पेटमा गहिरो घाउ थियो । दुई दिनपछि कुंजय मर्यो जलाई उनले आँगनमा गाडे । स्टिफनले गाडिएको बिरालोको बच्चाको शव निकालेर पोस्टमार्टम गर्न माग गरेका छन् ।

कुंजयको मृत्युपछि सुसन्ना नामको अर्को बच्चा अचानक बेपत्ता भयो । सुसन्नालाई पकाएर खाएको उजुरीमा आशंका व्यक्त गरिएको छ । स्टिफनले यस विषयमा सांसद मेनका गान्धीलाई पनि उजुरी पठाएका छन् । यस्तै एक घटना मे महिनामा करुकाचलमा पनि आएको थियो । जब एक व्यक्तिले छिमेकीका दुई बिरालोका बच्चा मारेर सार्वजनिक स्थलमा झुण्ड्याइदिएका थिए । यो मुद्दामा आरोपीलाई गिरफ्तार गरेर जेल सजाय भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *