कुरान जलाएर युरोपेली देशलाई नयाँ कानुन बनाउन बाध्य पार्ने व्यक्ति मृत भेटिएको दाबी

डिसी नेपाल
२१ चैत २०८० १६:०७

काठमाडौं । स्वीडेनमा कुरान जलाउने व्यक्ति सालवान मोमिका नर्वेमा मृत फेला परेको बताइएको छ । सामाजिक सञ्जालमा धेरैले यस्तो दाबी गरिरहेका छन् ।

कुरान जलाउने घटनाका कारण मोमिका विश्वभर चर्चामा आएका थिए । विश्वभरका मुस्लिम समुदायका मानिसहरूले उनको विरोध गरिरहेका थिए। स्वीडेनमा उनले इस्लाम र कुरानको विरुद्ध धेरै पटक प्रदर्शन गरेका थिए।

सलवान मोमिका पहिले मुस्लिम थिए, त्यसपछि ईसाई बने र पछि नास्तिक बने । मोमिका नर्वेमा मृत फेला परेको दाबी गर्दै रेडियो जेनोवाले आफ्नो आधिकारिक ह्यान्डलमा पोस्ट गरेको थियो।

मोमिकाको मृत्युको जानकारी दिने व्यक्तिले आफ्नो पोस्ट डिलिट गरेको र यस विषयमा पुष्टि हुन बाँकी रहेको रेडियोले स्पष्ट गरेको छ ।

सलवान मोमिका भर्खरै स्वीडेनबाट नर्वे सर्ने कुराले चर्चामा थिए । उनले २०२१ मा स्विडेनको रेसिडेन्सी परमिट पाए र त्यसबेलादेखि उनी स्वीडेनमा बस्दै आएका थिए। यसका लागि स्वीडेनले मुस्लिम देशहरूको आलोचना पनि भोग्नुपरेको थियो । विशेष गरी टर्कीबाट जसले नेटोमा सामेल हुने स्वीडेनको माग अनुमोदन गर्न ढिलाइ गर्यो।

आफूलाई कार्यकर्ता भन्ने सलवान मोमिका इराकका बासिन्दा थिए। उनले २०१८ मा इराक छोडेर अर्को देशमा शरण लिन पुगेका थिए । उनले २०२३ मा धेरै पटक कुरान जलाएर इस्लामको विरोध गरे। गत वर्ष सेप्टेम्बरमा स्वीडेनको माल्मो शहरमा मानिसहरूले कुरान जलाउनबाट रोक्न खोज्दा हिंसा भड्किएको थियो।

स्विडेनले सलवान मोमिका जस्ता व्यक्तिहरूले वाक् स्वतन्त्रताको आडमा कुरान जलाउनु उचित ठहराएपछि मुस्लिम देशहरूले त्यसको विरोध गरिरहेका थिए। स्विडेनी प्रहरीले उनीविरुद्ध घृणित भाषणको आरोपमा आरोपपत्र पनि दायर गरेको थियो। पछि स्विडेनले शरण लिनका लागि नक्कली कागजात दिएको खुलासा गरेको थियो । पछि उनी नर्वे गए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *