संसारको सबैभन्दा खुसी देशमा १२ वर्षीय बालकले कक्षा कोठामा अन्धाधुन्ध गोली चलाएपछि…

डिसी नेपाल
२२ चैत २०८० १३:१२

काठमाडौं । विगत ७ वर्षदेखि फिनल्याण्ड विश्वको सबैभन्दा खुसी राष्ट्र मानिन्छ । यसको कारण यहाँ भ्रष्टाचार न्यून हुनु हो । यहाँका जनताको आयमा असमानता निकै कम छ । साथमा उच्च सामाजिक समर्थन पनि छ।

फिनल्याण्डमा बस्ने मानिसहरूलाई निर्णय लिने स्वतन्त्रता पनि छ। तर यति हुँदाहुँदै पनि पछिल्लो घटनाले यहाँका जनताको चिन्ता बढाएको छ ।

वास्तवमा, विश्वको सबैभन्दा खुसी देश अर्थात् फिनल्याण्डमा एउटा चकित पार्ने घटना सार्वजनिक भएको छ, जसमा १२ वर्षीय बालकले कक्षाकोठामा गोली चलाएका छन् ।

घटनामा एक जनाको मृत्यु हुनुका साथै दुई साना विद्यार्थी पनि घाइते भएका छन् । आरोपी आफन्तको बन्दुक लिएर विद्यालय पुगेका थिए ।

पछिल्लो घटनाले निकै शान्त मानिने फिनल्याण्डका जनतालाई त्रसित बनाएको छ । फिनल्याण्डको हेलसिन्कीको भान्तामा रहेको एक प्राथमिक विद्यालयमा गोली चलेको हो ।

यो घटना भएको विद्यालयमा कक्षा १ देखि ८ कक्षासम्म करिब ८ सय विद्यार्थी अध्ययनरत छन् । यस विद्यालयमा ९० जना कर्मचारी छन् ।

घटनापछि प्रहरी टोली घटनास्थल पुगेको छ । वरपर उपस्थित मानिसहरूलाई क्षेत्रबाट टाढा रहन र घर भित्रै बस्न भनिएको छ। अधिकारीहरूले मानिसहरूलाई अपरिचित व्यक्तिहरूलाई ढोका नखोल्न अपील गरेका छन्।

प्रहरीका अनुसार घटनापछि आरोपी विद्यार्थी बन्दुक लिएर फर्किरहेका थिए । यसै क्रममा उनी पक्राउ परेका थिए । फिनल्याण्डका गृहमन्त्री मारी रेन्टानेनले दिनको सुरुवात नै स्तब्ध पार्ने खालको भएको बताइन्।

उनले भनिन् – यस समयमा धेरै परिवारहरूले अनुभव गरिरहेको पीडा र चिन्ता हामी केवल कल्पना गर्न सक्छौं।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *