यस्तो छ शुक्रबार विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२३ चैत २०८० ६:५३

काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । शुक्रबार अमेरिकी डलरको भाउ झिनो परिवर्तन आएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ २१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ८१ पैसा कायम गरिएको छ। यसअघि बिहिबार एक डलरको खरिदमूल्य १३३ रूपैयाँ २० पैसा र बिक्रीदर १३३ रूपैयाँ ८० कारोबार भएको थियो।

शुक्रबार यूरोपियन युरो एकको खरिदमूल्य १४४ रूपैयाँ ६७ पैसा र बिक्रीमूल्य १४५ रूपैयाँ ३२ पैसा तोकिएको छ। अघिल्लो दिनको तुलनामा युरो एक रुपैयाँ ०७ पैसाले बढेको छ। बिहीबार युरोको खरिदमूल्य १४३ रूपैयाँ ६० पैसा र बिक्रीमूल्य १४४ रूपैयाँ २४ पैसा कायम गरिएको थियो।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६८ रूपैयाँ ६४ पैसा र बिक्रीदर १६९ रूपैयाँ ४० पैसा कायम गरिएको छ । अघिल्लो दिनको तुलनामा एक रुपैयाँ ०७ पैसाले बढेको हो । बिहिबार यसको खरिददर १६७ रूपैयाँ ५७ पैसा र बिक्रीदर १६८ रूपैयाँ ३३ पैसा रहेको थियो ।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८८ रूपैयाँ ०६ र बिक्रीदर ८८ रूपैयाँ ४६ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ ६८ पैसा र बिक्रीमा ९९ रूपैयाँ १२ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७८ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८२ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४२ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५० पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ८९ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९३ पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी, शुक्रबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ५२ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६९ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ५१ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४४ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शुक्रबार २८ रूपैयाँ ११ पैसा र बिक्रीदर २८ रूपैयाँ २३ पैसा कायम गरेको छ ।

साथै, कुवेती दिनार एकको खरिददर ४३३ रूपैयाँ १५ पैसा र बिक्रीदर ४३५ रूपैयाँ १० पैसा र बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ९३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *