इजरायलले राहत कार्यकर्तामाथि आक्रमण गरेपछि गाजामा राहत सामग्री पुगेन, पीठो सय गुणा महँगो

डिसी नेपाल
२३ चैत २०८० ११:४२

काठमाडौं । गाजाका मानिसहरूलाई खाना उपलब्ध गराउने अन्तर्राष्ट्रिय सहायता एजेन्सी वर्ल्ड सेन्ट्रल किचेनका कर्मचारीहरू इजरायली आक्रमणमा मारिए। यस हमलापछि वल्र्ड सेन्ट्रल किचेनले गाजामा आफ्नो काम रोकेको छ ।

यसपछि अर्को अमेरिकी संस्था एनेराले गाजामा काम गर्न प्रतिबन्ध लगाएको छ । संगठनले आफ्ना कर्मचारीहरूको सुरक्षालाई ध्यानमा राख्दै यो कदम चालेको हो।

यी दुई संस्थाले एक हप्तामा करिब २० लाख मानिसलाई खाना उपलब्ध गराउँदै आएका थिए । संयुक्त राष्ट्रसंघले भोकमरी झण्डै आधा जनसंख्याका लागि चुनौती भएको चेतावनी दिएको छ ।

इजरायली हमलापछि राहत सामग्री लिएर उत्तरी गाजा पुग्नु पर्ने केही ट्रक त्यहाँ पुगेका छैनन् ।

गाजा सहरमा बस्ने ओसामा भन्छन्, “बजारमा सामान पहिले नै निकै महँगो थियो र अहिले त्यो उपलब्ध पनि छैन।” इजरायलको पछिल्लो आक्रमणपछि एक किलो पिठोको मूल्य सय गुणा बढेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *