कविता : साथी सिरानी

गीता ढकाल सुवेदी
२४ चैत २०८० ८:०३

रात सुनसान थियो

चार दिवार भित्र कैदी म

दिमाग शून्य

शरीर शिथिल

अनि मनमा गइरहे थियो सुनामी

केबल थियो छेउमा साथी सिरानी

तिम्रो याद्ले हलचल भैरहेको मनमस्तिस्कमा

तिम्रो स्मृति ताजा भएर

रागहरु आफैं आलाप भएको आभास

आँखामा अविरल आँशु

साउने झरी झै बर्षिरहे

तिम्रो एउटा तस्वीर छातीमा कुदेर राखेको

तर त्यो नजर नजिकै राखेर

यी मुस्कान हराएका ओठले स्पर्श गर्न सक्दिन थिए

किनकि हामीले तस्वीर साटासाट गर्ने

अबसर नै पाएनछाैं

तिम्रो र मेरो अनमोल मायामा

खोइ के के आसमानता थियो कुन्नि

हाम्रो प्रेम स्वीकार भएन

अनि तिमी त त्यो बियोग भुल्न

परदेशीयाैं

म घर न घाटको भए

न कसैलाई स्वीकार गर्न सक्छु

न तिमीलाई माया मार्न

तर पनि जीवन बाच्नुनै थियो

आफ्ना कर्महरुको बजारमा

कर्तव्यको खरिद बिक्री चलाउँदै

समयहरुको साक्षी हुनुको विकल्प

पनि त एउटा बिम्ब हुँदो रहेछ नि

मान्छे कहाँ साथमा नहुँदै छुट्दोरहेछ र

तिमी कहाँ म कहाँ समयको हुरीले

कहाँनेर पुर्‍यायो तर याद ताजा

सिरानी नै मेरो साथी

मेरो आँशुको

एकांकी पनको

मेरो अनिधा रातको

लम्पसार भएर नियाली रहेछ

केबल साक्षी भावमा

न उ बोल्छ

न म बोल्छु

जिन्दगी नै के रहेछ र

आखिर रहेछ सम्झौता।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *