विश्वकप सेमिफाइनलमा धोनीलाई किन सातौं नम्बरमा पठाइएको थियो ? ब्याटिङ प्रशिक्षकले गरे खुलासा

डिसी नेपाल
१८ साउन २०७६ १२:४४

एजेन्सी । आईसीसी विश्वकप २०१९ को पहिलो सेमिफाइनल खेलमा न्यूजिल्याण्डसँग भारत पराजित भएपछि भारतीय टिमको निकै आलोचना भयो। उक्त हारको याद अझै पनि भारतीय खेलाडी तथा समर्थकहरुमा मेटिएको छ्न्।

विशेषगरी टिमका सदस्यभित्र नै मनमुटाव भैरहेको छ । सेमिफाइनलमा भारतीय टिमको ब्याटिङ अर्डर नमिलेको भन्दै व्यापक आलोचना र चर्चाको विषय भएको थियो । उक्त खेलमा टिमका पूर्व कप्तान तथा विकेटकिपर महेन्द्रसिंह धोनीलाई सातौँ नम्बरमा ब्याटिङ गर्न पठाएका भनेर भारतीय कोच तथा कप्तानको निकै आलोचना भयो।

विश्वकप सकिएको लगभग २० दिन पछि टिमका ब्याटिङ प्रशिक्षक सञ्जय बांगरले उक्त योजनाको बारेमा प्रस्ट पारेका छन् । उनले धोनीलाई सातौँ नम्बरमा पठायने निर्णय आफ्नो मात्र नभएको बताएका छन्। सञ्जयले भने ,‘म हैरान छु, सबैले मलाई नै निशाना बनाइरहेका छन् । त्यो मेरो एक्लो निर्णय थिएन । सबैको सहमतिमा उनलाई सातौँ नम्बरमा मैदानमा उतारिएको हो । यसको पछाडि ४० देखि ५० ओभरको बीचमा धेरै रन बनाउनु थियो’।

गएको जुलाई ९ मो खेलिएको खेलमा भारत न्यूजिल्याण्डसँग १८ रनले हार बेहोर्न बाध्य भएको थियो । त्यो खेलमा धोनीले सातौँ नम्बरमा ब्याटिङ गर्दै ५० रन बनाएका थिए । न्यूजिल्याण्डसँगको खेलमा भारतीय टिमले हार बेहोरेसँगै महेन्द्रसिंह धोनीलाई सञ्जय बांगरले नै सातौँ नम्बरमा पठाएको भनेर आलोचना हुँदै आएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *