गाजामा सहायताकर्मीमाथि आक्रमणका जिम्मेवार दुई वरिष्ठ इजरायली अधिकारी बर्खास्त

डिसी नेपाल
२५ चैत २०८० १२:०५

काठमाडौं । गाजामा रहेको ‘वर्ल्ड सेन्ट्रल किचन’का सहायताकर्मीमाथि भएको आक्रमणपछि इजरायली सेनाले घटनामा जिम्मेवार ठहर गर्दै दुई वरिष्ठ अधिकारीलाई बर्खास्त गरेको छ ।

इजरायली सेनाले घटनाको विस्तृत समीक्षा गर्ने घोषणा गरेको छ।

इजरायलले स्वीकार गरेको छ कि उसको ड्रोन अपरेटरले एक सहायता कार्यकर्तालाई बन्दुकधारीका लागि झोला बोकेको ठानेर गल्ती गरेको थियो।

यसअघि अप्रिल १ मा गाजामा भएको हवाई हमलामा बेलायतका तीन र अष्ट्रेलियाका एकजना गरी सात जना सहायताकर्मी मारिएका थिए।

सहायता कार्यकर्ता गोदामबाट फर्कदै गर्दा यो घटना भएको हो । यो घटनापछि वर्ल्ड सेन्ट्रल किचेनले गाजामा आफ्नो काम स्थगित गर्ने घोषणा गरेको थियो ।

वल्र्ड सेन्ट्रल किचेनका संस्थापक एन्ड्रयूजले आक्रमणलाई युद्धको समयमा मानवीय सहायता प्रदान गर्ने संस्थामाथिको आक्रमण भनेका छन् र यसका लागि इजरायललाई जिम्मेवार ठहराउन माग गरेका छन्।

वर्ल्ड सेन्ट्रल किचनका सहायता कार्यकर्ताहरूले परोपकारको लोगोसहितको बुलेटप्रुफ ज्याकेट लगाएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *