देशमा बन्दुकको शासन चलिरहेको छ: राजेन्द्र महतो
काठमाडौं। पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपालमा देशमा लोकतन्त्रको शासन नभएर बन्दुकको शासन चलिरहेको आरोप लगाएका छन्।
आइतबार काठमाडौंमा भएको बहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्ति अर्न्तगत स्वनिगः विशेष व्यूरो तथा नेवाः राष्ट्रिय परिषदले आयोजना गरेको नेपा मण्डल घोषणा गर्ने जनप्रदर्शनमा भएको प्रहरी वर्वरता लगायत थुनामा रहेका घाइतेहरुको उपचार पाउने हकको वेवास्ता गर्दै सरकारले मुद्दा चलाएको घटनाप्रति भर्त्सना गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतोले राज्यले नागरिकका जायज मागलाईसमेत बन्दुकको आडमा दवाउन खोजेको दाबी गरेका छन् ।
शनिबार भद्रकालीमा भएको बहुल राष्ट्रहरुको भेषभुषामा रहेका झाकीँ सहितको शान्तिपूर्ण जनप्रदर्शनमा र्यालीपछि सम्पन्न हुँदै गरेको कोणसभामा निषेधित क्षेत्र भन्दै रोक्न प्रहरीले अन्धाधुन्द तवरले लाठी चार्ज गर्ने, धरपकड गर्ने, बौद्ध भिक्षुमाथि निर्मम प्रहार गर्ने, भद्रकाली मन्दिरको ढोका फोरेर तथा प्रङ्गनमा रहेका भक्तजनहरुलाई लाठी चार्ज गर्ने, वोन धर्मका धर्म गुरुहरुको ढ्याङ्ग्रो फुटाउने, रमजान व्रत बसेका इस्लाम धर्मावलम्बीहरु माथि क्रूर दमन गर्ने तथा विभिन्न जातिय भेषभुषा लगाएका महिलाहरूलाई छानी छानी निर्मम रुपमा लाठी चार्ज गर्ने तथा पक्राउ गर्ने कार्यले कथित लोकतान्त्रिक गणतन्त्रको नाममा कायम रहेको गोर्खाली एकल राष्ट्रिय सत्ता उदाङ्गो बनेको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले जनाएको छ।
Facebook Comment