बलात्कार कसरी हुन्छ भनेर विद्यार्थीलाई देखाउँदा…

डिसी नेपाल
१८ साउन २०७६ १५:४०

काठमाडौं। बलात्कार कसरी हुन्छ भनेर सिकाउँदै गरेका दुई शिक्षकलाई गाउँलेले कुटपिट गरेका छन्। यो भारतको आन्ध्र प्रदेशको विजयवाडाबाट पश्चिममा पर्ने गोदावरी जिल्लाको समाचार हो।

त्यहाँको एउटा सरकारी प्राथमिक विद्यालयमा दुई शिक्षकले कक्षा कोठामा विद्यार्थीलाई कसरी बलात्कार हुन्छ भनेर ‘रेप डेमो’ देखाईरहेका थिए।

शिक्षकले कक्षा कोठामा रेप डेमो देखाएको थाहा पाएपछि गाउँले दुबै शिक्षकमाथि कुटपिट गरेका छन्।

त्यहाँका जिल्ला शिक्षा अधिकारीका अनुसार चिन्तलपुडी मण्डलमा भएको उक्त घटनाको सत्यतथ्य जानकारी लिने प्रयास भइरहेको छ।

जिल्ला शिक्षा अधिकारी सीवी रेणुकाले विद्यालयमा विद्यार्थीहरुबीच झगडा भएको र झगडामा दुई बालिकालाई चोट लागेको भन्नेबारे आफूलाई जानकारी आएको र थप अनुसन्धान भइरहेको बताएका छन्।

शिक्षकहरुले विद्यार्थीलाई किन डेमो देखाएका थिए भन्नेबारे पनि पत्ता लागिनसकेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *