खान युनिसलाई छोड्दै छन् इजरायली सैनिक, फर्किएका प्यालेस्टिनीले के देखे ?

डिसी नेपाल
२७ चैत २०८० ११:३३

काठमाडौं । दक्षिणी गाजामा इजरायलले विगत केही महिनादेखि बमबारी गरिरहेको छ तर आइतवार इजरायली सेनाले उक्त क्षेत्रमा सेनाको संख्या घटाउने घोषणा गरेको थियो। यसपछि धेरै प्यालेस्टिनीहरू खान युनिस फर्कन थाले।

खान युनिसमा फर्किएकी नज्वा अयाशले बीबीसी रेडियो ४ लाई भनेअनुसार उनी आफ्नो घर फर्किएपछि त्यहाँ केही बाँकी थिएन। उनले आफ्नो र छिमेकीका घर भत्किएको बताइन् ।

गाजाका एक पत्रकारले बताएअनुसार घरबारविहीन बनेका हजारौं प्यालेस्टाइनीहरू खान युनिस फर्किरहेका छन् । अकरम नाम गरेका पत्रकारले आफू हिजो फर्केको र उक्त क्षेत्र ‘पूरै ध्वस्त’ भएको बताए ।

बीबीसीले खान युनिस फर्केका व्यक्तिहरूको संख्या स्वतन्त्र रूपमा पुष्टि गर्न सक्दैन। तर, इजरायलले सेना फिर्ता गर्नुको अर्थ युद्धको अन्त्य नभएको बताएको छ ।

लेफ्टिनेन्ट कर्णेल पिटर लेर्नरले बीबीसीलाई भने – यस क्षेत्रमा इजरायली सेनाको मिसन समाप्त भइसकेको भए पनि अझै धेरै अपरेशनहरू फरक ठाउँमा गर्न आवश्यक छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *