सरकारले निजी क्षेत्रलाई प्रोत्साहन र प्रवर्द्धन गर्छः परराष्ट्रमन्त्री
काठमाडौं। उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने बताएका छन्।
मंगलबार काठमाडौंमा नेपाल चेम्बर अफ कमर्श ७३ औँ वार्षिक साधारणसभा एवं चेम्बर दिवस उद्घाटन गर्दै श्रेष्ठले निजी क्षेत्रबिना मुलुकको आर्थिक विकास हुन नसक्ने भन्दै निजी क्षेत्रलाई प्रोत्साहन र प्रवर्द्धन गर्न सरकारले पूर्णरुपमा इमान्दारिता देखाउने बताएका हुन्।
पूजी उत्पादन सिर्जना र वृद्धिको समस्या, पूजीगतख खर्च कार्यान्वयनको क्षमताको समस्या र व्यापार घाटा कम गर्ने समस्यालाई केन्द्रमा राखेर काम गर्नुपर्ने उनले बताए। उनले मलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न नै नीति कार्यक्रम र बजेट केन्द्रीत हुने धारणा राखे।
श्रेष्ठले पराम्परागत ढंगले मुलुक अघि बढ्न नसके नयाँ ढंगले आर्थिक सामाजिक रुपान्तरणको बाटो अवलम्वन गर्नुपर्ने जिकिर गरे। रेमिट्यान्स, भन्सार राजस्व र विदेशी सहयोगका आधारमा देश चलाउँछु भन्नु गलत हुने र यसले देशको कुनै विकास हुन नसक्ने उनको भनाइ छ।
उनले राष्ट्र केन्द्रको आवश्यकताबारे सबै जानकार रहेकाले सरकार–निजि क्षेत्र बसेर मुलुकमा देखिएका समस्याहरु समाधान गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।
Facebook Comment