मिशिगनको एक विद्यालयमा गोली चलाउने किशोरका आमाबुवालाई जेल सजाय
काठमाडौं । अमेरिकाको मिशिगनमा गोली चलाउने एक किशोरका अभिभावकलाई अदालतले १० र १५ वर्षको जेल सजाय सुनाएको छ । सो गोलीबारीमा चार विद्यार्थीको मृत्यु भएको थियो ।
सुरुमा यी किशोरका आमाबुवालाई सात वर्षको सजायको प्रस्ताव गरिएको थियो, तर अभियोजन पक्षले सजाय वृद्धिको माग गरेको थियो।
जेम्स र जेनिफर क्रम्बली मंगलबार सजायको घोषणा हुँदा अदालतमा उपस्थित थिए।
दुवैले छोराको आक्रमणप्रति दुःख व्यक्त गरेका छन् । एउटा ऐतिहासिक सुनुवाइमा न्यायाधीशहरूले एथान क्रम्बलीका आमाबाबुलाई आफ्नो छोराले गरेको हत्याको लागि नियत नभएको तर दोषी पाए।
न्यायाधीश शेरिल म्याथ्यूजले भने – आमाबाबुलाई दिइएको १० र १५ वर्षको जेल सजायले भविष्यमा यस्तै घटनाहरू रोक्न मद्दत गर्नेछ।
अभियोजन पक्षले बालकका आमाबुवाले छोराको बिग्रँदै गएको मानसिक स्वास्थ्यलाई बेवास्ता गरेको आरोप लगाएको थियो । साथै सन् २०२१ मा आक्रमणका लागि युवकले प्रयोग गरेको बन्दुक पनि उनका अभिभावकले किनेका थिए ।
आक्रमणको समयमा १५ वर्षका किशोरले अक्सफोर्ड हाईस्कुलमा सेमी अटोमेटिक बन्दुकले गोली चलाउँदा चार विद्यार्थीको ज्यान गएको थियो भने सात जना घाइते भएका थिए ।
हाल यी किशोर गैर-प्यारोलको सजायमा जेलमा छन्।
Facebook Comment