सुनचाँदीको मूल्य निरन्तर बढ्दो, आज कति पुग्यो ?

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्नेक्रम रोकिएको छैन।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ५०० ले बढेर १ लाख ३६ हजार ८०० कायम भएको छ। यो नेपाली बजारमा अहिलेसम्मको सुनको उच्च मुल्य हो।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार १५० रुपैयाँ निर्धारण भएको छ।
यसअघि मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ६०० रुपैयाँ किनबेच भएको थियो। यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो।
आज चाँदीको मुल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य प्रतितोला १५ रुपैयाँ बढेर १७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया
Facebook Comment