स्विट्जरल्याण्डका वृद्ध महिलाहरूले जलवायु परिवर्तनमा ठूलो मुद्दा जिते

डिसी नेपाल
२८ चैत २०८० १३:२२

काठमाडौं । युरोपेली मानवअधिकार अदालतले जलवायु परिवर्तनविरुद्ध अभियान चलाउने जनताको पक्षमा ऐतिहासिक फैसला गरेको छ ।

अदालतले आफ्नो फैसलामा स्विट्जरल्याण्डले जलवायु परिवर्तनविरुद्धको लडाइमा उपयुक्त कदम नचालेका कारण दुई हजारभन्दा बढी वृद्ध महिलाको स्वास्थ्य र जीवनको अधिकार हनन गरेको जनाएको छ ।

प्रशासनले कार्बन उत्सर्जन घटाउने लक्ष्य पूरा गर्न पर्याप्त कदम चाल्न नसकेको अदालतले जनाएको छ । स्विट्जरल्याण्डमा वृद्ध महिलाहरूको समूहले जलवायु परिवर्तनसम्बन्धी पहिलो मुद्दा जितेको छ।

यी महिलाहरु आफ्नो ७० औं वर्षमा छन् । उनीहरू आफ्नो उमेर र विशेषगरी महिला भएकाले गर्मीले निकै समस्यामा परेको बताउँछन् ।

जलवायु परिवर्तनको विषयमा आफ्नो प्रवचन दिएर विश्वभरको ध्यानाकर्षण गरेकी स्वीडेनकी ग्रेटा थनबर्गले पनि यी महिलालाई बधाई दिएकी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *