ग्लोवल टि ट्वान्टीमा पहिलो खेल खेल्दै सन्दीप
काठमाडौं। क्यानडामा जारी ग्लोवल टि ट्वान्टी प्रतियोगितामा शनिबार नेपाली खेलाडी सन्दीप लामिछानेले पहिलो खेल खेल्ने मौका पाएका छन् । ग्लोवल टि ट्वान्टीको पहिलो सिजनमा पनि खेलेका सन्दीपले जारी सिजनमा शनिबार पहिलो पटक खेल्ने मौका पाएका हुन्।
सन्दीप आवद्ध टोरेन्टो नेशन्स र ब्राम्पटन वल्भबीच अहिले ब्राम्पटनमा खेल भइरहेको छ ।
शाहिद अफ्रिदीको कप्तानीमा रहेको ब्राम्पटनले पहिला ब्याटिंग गरिरहेको छ । टोरेन्टोको कप्तान भारतीय खेलाडी युवराज सिंह छन्। जारी सिरजनमा टोरेन्टोले आफुले खेलेका ३ मध्ये एक खेलमा जित हात पारेको छ ।
प्रतिक्रिया
Facebook Comment