हमासले पछिल्लो युद्धविराम सम्झौतालाई अस्वीकार गरेको इजरायलको दाबी

डिसी नेपाल
२ वैशाख २०८१ १४:४२

काठमाडौं । इजरायलले हमासले पछिल्लो युद्धविराम सम्झौता अस्वीकार गरेको दाबी गरेको छ । यस सम्झौतामा बन्धकहरूको आदानप्रदानमा कैदीहरूको रिहाइ र गाजामा युद्धविराम प्रस्ताव गरिएको थियो।

इजरायली खुफिया एजेन्सी मोसादले भनेअनुसार हमासले मध्यस्थकर्ताको पछिल्लो योजनालाई अस्वीकार गरेको छ।

इजरायली एजेन्सीले भनेको छ “यसले गाजाका हमास नेता याह्या सिनवार मानवीय आधारमा सम्झौता चाहँदैनन् र अपहरण गरिएका बन्धकहरूलाई फिर्ता गर्ने सोच राख्दैनन् भन्ने पुष्टी गरेको छ ।”

“हमासले इरानसँग तनाव बढाउँदैछ। तर इजरायल पूर्ण शक्तिका साथ आफ्नो संकल्पमा अडिग रहेको छ र १३३ बन्धकहरुको रिहाईमा कुनै कसर बाँकी राख्ने छैन ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *