ग्लोबल टी–२०ः सन्दिपको टिम टोरन्टो पराजित
एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेसनल ग्लोबल टी–२० क्रिकेटमा पुनः पराजित भएको छ। शनिबार राति भएको खेलमा टोरन्टो ब्राम्पटन वुल्भ्ससंग ११ रनले पराजित भएको हो ।
पहिला ब्याटिङ गरेको वुल्भ्सले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय २२ रन बनाएको थियो । बाबर हायातले १८ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै नटआउट ४८ रन बनाएपछि वुल्भ्सले ठुलो स्कोर खडा गरेको थियो । उसका लागि जर्जी मुन्सेले सर्वाधिक ६६ रन बनाए । कप्तान कोलिन मुन्रोले २८ तथा नितिस कुमारले २६ रन जोडेका थिए ।
२ सय २३ रनको जवाफी ब्याटिङमा निस्किएको टोरन्टोले ७ ओभरको क्षतिमा २ सय ११ रन मात्र बनाउन सक्यो । कप्तान युवराज सिंहले २२ बलमा सर्वाधिक ५१ रन बनाएपनि टोलीलाई जिताउन भने सकेनन् । पहिलो ओभरमा निकै खर्चिला देखिएका सन्दीपले त्यसपछि आफुलाई सन्तुलनमा ल्याएका थिए । चार ओभर बलिङ गरेका उनले ४४ रन खर्चिएर १ विकेट लिए ।
टोरन्टो ४ खेलमा मात्र एक जित निकाल्दै २ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । वुल्भ्स ४ खेलमा सतप्रतिशत जित सहित शीर्ष स्थानमा रहेको छ ।
Facebook Comment