धाराबाट जस्तै मुखबाट साढे ४ लिटर पानी निकालेर विश्व कीर्तिमान ! (भिडियो)
काठमाडौं । चीनका एक व्यक्ति आफ्नो अनौठो कौशलका कारण चर्चमा आएका छन् । सुन्दा अनौठो लाग्ला तर यो व्यक्तिले सबैभन्दा लामो समयसम्म लगातार मुखबाट पानी थुकेर गिनिज बुकमा नाम दर्ता गराएका छन् ।
रेकर्डको लागि, ३५ वर्षीया मा हुआले पहिलो पटक साढे ४ लिटर पानी पिए। यसपछि उनले ५ मिनेट ५१.८८ सेकेन्डसम्म लगातार धाराबाट जस्तै आफ्नो मुखबाट पानी निकाले ।
यो कीर्तिमान यसअघि २०१६ मा इथियोपियाकी किरुबेल यिल्माको नाममा थियो, जसले घानाका डिक्सन ओपोङ उर्फ वाटरम्यानको कीर्तिमान तोडेकी थिइन् ।
प्रतिक्रिया
Facebook Comment