नाइजेरियावाट आफ्ना सैनिक फिर्ता लैजान अमेरिका सहमत
काठमाडौं। संयुक्त राज्य अमेरिकाले नाइजरबाट आफ्ना सैनिकहरू फिर्ता बोलाउने भएको छ ।
अफ्रिकी राष्ट्रहरूमा मुख्यतया अमेरिका र पश्चिमा राष्ट्रपति आक्रोस बढीरहेको बेला अमेरिकाले आफना सैनिक फिर्ता गर्न मञ्जुर भएको हो ।
अमेरिकी उप विदेश सचिव कर्ट क्याम्पबेल र नाइजेरियाका प्रधानमन्त्री अली महामान लामाइन जेइनले शुक्रबार भेट गरेका थिए, जुन भेट पछि वाशिंगटनले सो देशबाट आफ्ना सेनाहरूलाई व्यवस्थित र जिम्मेवारीका साथ फिर्ता गर्ने योजना सुरु गर्न प्रतिबद्ध रहेको जनाएका थिए ।
अमेरिकाले नाइजरमा सशस्त्र समूहहरूसँग लड्नको लागि सैन्य आधार निर्माण गरेको थियो, सहेल क्षेत्रमा अल कायदा र आईएसआईएल ९आईएसआईएस० बिरूद्द लडने जनाएका थिए । जुन मुद्दामा अमेरिकन सेना बुर्किना फासो र माली पनि रहेका छन् ।
राजधानी नियामीबाट करिब ९२० किलोमिटर (५७२ माईल) टाढा रहेको अगाडेजको प्रमुख एयरबेसलाई मानवरहित र मानवरहित निगरानी उडान र अन्य सञ्चालनका लागि प्रयोग गरिदैँ आएको थियो।
एयर बेस २०१ को रूपमा चिनिन्छ, यो १०० मिलियन अमेरिकन डलर भन्दा बढी लागतमा निर्माण गरिएको थियो। २०१८ देखि यो आइएसआईएल लडाकुहरू र अल९कायदा समर्थित जमात नुसरत अल इस्लाम वाल मुस्लिमीनलाई लक्षित गर्न प्रयोग गरिएको थियो ।
अमेरिकी विदेश मन्त्रालयले जुलाई २०२४ देखि सैन्य शासनमा रहेको देश नाइजेरियाबाट करिब १ हजार सेना फिर्ता गर्न सहमत भएको अमेरिकी मिडियाले जनाएका छन्।
Facebook Comment