इरानको एयरबेसमा भएको आक्रमणको स्याटेलाइट तस्विरबाट के थाहा भयो ?
काठमाडौं । इरानको एयरबेसमा शुक्रबार भएको आक्रमणको स्याटेलाइट तस्विरले सम्भावित क्षतिको पुष्टि गरेको छ।
बीबीसीले इरानको इस्फाहान एयर डिफेन्स बेसमा रहेको एयर फिल्ड सिस्टम आक्रमणबाट क्षति पुगेको पुष्टि गरेको छ।
अमेरिकी अधिकारीहरूले इजरायलले इरानको इस्फाहानमा शुक्रबार आक्रमण गरेको दाबी गरेका छन्।
यद्यपि इजरायलले यस हमलाको प्रत्यक्ष जिम्मेवारी लिएको छैन। पछिल्ला केही सातादेखि इरान र इजरायलबीच तनाव बढेको छ ।
अप्रिल १ गतेदेखि तनाव बढेको हो । अप्रिल १ मा सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा हमला भएको थियो ।
इरानले यस हमलाको लागि इजरायललाई जिम्मेवार ठहराएको छ र सही समयमा बदला लिने दाबी गरेको छ।
तर इजरायलले अप्रिल १ मा भएको घटनाको जिम्मेवारी लिएको छैन। तर, अप्रिल १३ मा इरानले इजरायली भूमिमा करिब ३०० मिसाइल र ड्रोन प्रहार गरेको थियो।
इजरायलले इरानले प्रहार गरेका लगभग सबै ड्रोन र मिसाइलहरू खसालेको दाबी गरेको छ ।
इजरायली अधिकारीहरूले पनि सही समय आएमा यस आक्रमणको जवाफ दिने बताएका थिए।
Facebook Comment