तामाङ र नेवारी भाषालाई सरकारी कामकाजका रूपमा कार्यान्वयन गर्छौंः मुख्यमन्त्री जम्कट्टेल

डिसी नेपाल
९ वैशाख २०८१ २१:४९

मकवानपुर। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेशमा भाषा विधेयक कार्यान्वयन गर्ने तयारी अन्तिम चरणमा रहेको बताएका छन्। नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपालका प्रतिधिसँग आज हेटौँडामा भएको छलफलमा उनले कला, संस्कृति संरक्षण गर्ने ऐन पनि तत्काल मस्यौदा हुने जानकारी दिए।

बागमती प्रदेशमा बहुसंख्यकले बोल्ने तामाङ र नेपाल भाषा (नेवारी) लाई सरकारी कामकाजका रूपमा कार्यान्वयन भएको घोषणा गरिने तयारी भएको जानकारी दिँदै उनले भाषा विधेयकलाई कार्यान्वयन गर्न विज्ञ समूह बनाएर एक सय १९ स्थानीय तह र एक हजार एक सय २१ वटा वडामा कार्यान्वयनमा लैजाने गरी अगाडि बढाउने तयारी गरिएको बताए।

उनले भने ,“संघीयता कार्यान्वयनको महत्वपूर्ण पक्षका रूपमा भाषा विधेयक हो। प्रदेशभित्र रहेका कला, संस्कृति संरक्षण गर्ने ऐन आगामी साउन, भदौभित्र पारित हुन्छ।”छलफलमा संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्य, लगायत नेवाः राष्ट्रिय मुक्ति मोर्चाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *