श्रीलंकामा कार रेस प्रतियोगितामा कार अनियन्त्रित हुँदा दुर्घटना, सात जनाको मृत्यु

डिसी नेपाल
१० वैशाख २०८१ १३:२०

काठमाडौं । श्रीलंकामा आइतबार एक रेसिङ कार्यक्रमका क्रममा कार अनियन्त्रित भई दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । यस घटनामा १८ जना घाइते समेत भएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार यो दुर्घटना श्रीलंकाको सेन्ट्रल हिल्स क्षेत्रमा भएको हो । मृत्यु हुनेमा दौड आयोजना गर्ने अधिकारी, दर्शक र ८ वर्षीया बालिका रहेको सेनाले जनाएको छ ।

दौड श्रीलंकाली सेनाले दियातलावामा आयोजना गरेको थियो र यो श्रीलंकाली सेनाको २८ औं कार्यक्रम थियो।

दौड प्रतियोगिता हेर्न करिब एक लाख दर्शक पुगेका थिए । तर, यो दुर्घटनापछि कार्यक्रम बीचमै रद्द भएको थियो । प्रहरीले दुर्घटनाको अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *