डिपफेक भिडियोविरुद्ध रणवीर सिंहको उजुरी

डिसी नेपाल
१० वैशाख २०८१ २०:३१

काठमाडौं। बलिउड अभिनेता रणवीर सिंहले आफ्नो डिपफेक भिडियोविरुद्ध उजुरी दिएका छन्। रणवीरका आधिकारिक प्रवक्ताले उजुरी दर्ता गरेको पुष्टि गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

डीपफेक भिडियोमा रणवीर राजनीतिक दललाई समर्थन गरेको देखिएका छन्। यो भिडियो रणवीरको भर्खरै वाराणसी भ्रमणको हो जसमा उनले शहरसँग सम्बन्धित आफ्ना अनुभवहरू साझा गरिरहेका थिए।

यसअघि अभिनेता आमिर खानको एउटा नक्कली भिडियो पनि भाइरल भएको थियो जसमा उनी राजनीतिक दललाई समर्थन गरेको देखिएका थिए।

भिडियो भाइरल भएपछि आमिरले यसमा प्रतिक्रिया दिँदै आफू कुनै पनि पार्टीलाई समर्थन नगर्ने र यो भिडियो नक्कली भएको बताएका थिए। अभिनेताले यस विषयमा साइबर सेलमा एफआईआर पनि दर्ता गराएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *