सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?
काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा ५ सयले बढेर १ लाख ३६ हजारमा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार छापावाल सुन तोलाको एक लाख ३५ हजार ५ सयमा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३४ हजार ८५० मा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको मुल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १६ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। यस अघि मंगलबार चाँदी तोलाको १६ सय ६० मा कारोबार भएको थियो ।
प्रतिक्रिया
Facebook Comment