साझा फूलवारीद्वारा शुद्ध पिउने पानी वितरण

डिसी नेपाल
१५ वैशाख २०८१ १०:३९

काठमाडौं। लायन्स क्लव अफ काठमाडौं साझा फूलवारीले शनिबार वुढानिलकण्ठ-३ स्थित पवित्र तथा पुण्य भूमि नारायणथान मन्दिर परिसरमा आएका श्रद्धालु भक्तजनका लागि शुद्ध पिउने पानीको बितरण गर्नुका साथै मन्दिर परिसरमा वृहत सरसफाई कार्यक्रम आयोजना गरेको गरेकाे छ।

उक्त कार्यक्रममा डिस्ट्रिक्ट ३२५ एम का निवर्तमान गभर्नर लायन महेन्द्र पौडेल, चिफ अफ एओजी लायन हरिचन्द्र तिवारी, चिफ काउन्सिलर लायन ताराप्रसाद त्रिपाठी, असिस्टेन्ट चिफ एडभाईजर लायन ईश्वर अर्याल, जोन चियर पर्सन गणेश प्रसाद पन्त लगायतको उपस्थिति रहेको थियो।

क्लव अध्यक्ष लायन कमलबहादुर खत्रीको सभापतित्व/संयोजनमा भएको कार्यक्रममा क्लवका सचिव लायन आनन्द वुर्लाकोटी, कोषाध्यक्ष लायन टिका कुमार बिसी, लायन बिष्णु प्रसाद ढकाल, समाजसेवी विशाल ज्ञवाली लगायतको उपस्थिति रहेकाे थियो।
क्लवले उक्त अवसरमा मन्दिर परिसरमा आएका श्रद्धालु भक्तजनका लागि शुद्ध पिउने पानीको समेत व्यवस्था गरेको थियो।

शुद्ध पीउने पानी पिएर आशिष दिँदै एक दर्शनार्थीले भने, “यो गर्मीको समयमा यहाँहरुले निक्कै ठूलो पुण्य कर्म गर्नु भयो, यहाँहरुलाई भगवानले सधै आशिष दिइरहुन”।

“बालक वृद्धा सबैले शुद्ध पानी पिएर आनन्द लिनु भएको छ, साह्रै पुण्यको काम गर्नु भयो” वेद विद्या-आश्रमका प्राचार्य प्रकाश रुपाखेतीले भने।

लायन वर्ष २०२३/२४ मा लायन्स क्लव अफ काठमाडौं साझा फूलवारीले लायन्स डिस्ट्रिक्ट तथा लायन्स अन्तराष्ट्रियको भावना अनुसार विभिन्न सामाजिक काम गर्दै आइरहेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *