जोन अब्राहमको फिल्म ‘बाटला हाउस’ प्रदर्शनमा रोक लगाउन माग गर्दै अदालतमा मुद्दा
नयाँ दिल्ली। जोन अब्राहमको फिल्म बाटला हाउस प्रदर्शनमा रोक लगाउन माग गर्दै दिल्ली हाइकोर्टमा मुद्दा दर्ता भएको छ । निवेदकका अनुसार यो मुठभेडको मुद्दा अहिले अदालतमा विचाराधीन छ र यदि यो बेला फिल्म रिलिज भएमा त्यसले मुद्दाको सुनुवाइमा असर गर्न सक्छ । मुठभेडकै दुई आरोपीहरुले फिल्ममा रोक लगाउन माग गरेका हुन् ।
निवेदनमा भनिएको छ ‘फिल्मको पोस्टर र प्रमोसनल भिडियो यो कुराको दावी गरिरहेका छन् कि फिल्ममा घटनाहरुको सिलसिला सत्य घटनाबाट प्रेरित छन् । जसबाट आम धारणा बनेको छ कि फिल्ममा बाटला हाउसमा भएको मुठभेडका सत्य घटनाहरु देखाइएका छन् । बाटला हाउस इन्काउन्टरका दुई आरोपी अरिज खान र शहजाद अहमतले दायर गरेको यो मुद्दामा अर्को हप्ता सुनुवाइ हुन सक्छ । निवेदनमा सरकारसँग अपिल गरिएको छ कि फिल्मको प्रि स्क्रिनिङको निर्देशन दिइयोस् ।
शहजादलाई तल्लो अदालतले जन्मकैदको सजाय सुनाइसकेको छ । उनले यो फैसलाविरुद्ध हाइकोर्टमा अपिल गरेका छन् । यो मुद्दाको सुनुवाइ गरिरहेका न्यायाधीश विभू बाखरुकहाँ यो निवेदन सुनुवाइको लागि पेश गरिएको थियो । उनले मुद्दाको सुनुवाइ हुनुभन्दा पहिले अदालतमा फिल्मको स्क्रिनिङ गराउन आदेश दिएका छन् । अब न्यायाधीशले फिल्म हेरेपछि मात्र फिल्म प्रदर्शन हुने वा नहुने निर्णय हुनेछ । बाटला हाउस मुठभेड १९ सेप्टेम्बर २००८ मा भएको थियो । यो फिल्म त्यही घटनामा आधारित छ । फिल्म १५ अगष्टमा रिलिज हुँदैछ ।
Facebook Comment