युक्रेनविरुद्ध रासायनिक हतियार प्रयोग गरेको आरोप रूसद्वारा अस्वीकार
काठमाडौं । रुसले युक्रेनविरुद्धको युद्धमा रासायनिक हतियार प्रयोग गरेको आरोप अस्वीकार गरेको छ ।
यसअघि अमेरिकी विदेश मन्त्रालयले रुसी सेनाले युद्धका क्रममा क्लोरो-पिक्रिन नामक इरिटेन्ट केमिकल प्रयोग गरेको दाबी गरेको थियो ।
अमेरिकी विदेश मन्त्रालयले यो रसायन पहिलो विश्वयुद्धमा प्रयोग भएको जनाएको छ । यो रसायनले फोक्सो, आँखा र छालामा जलन निम्त्याउँछ।
समाचार एजेन्सी एएफपीका अनुसार रुसले यी अमेरिकी आरोपहरूलाई पूर्णतया निराधार र आधारहीन भनेको छ।
रुसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभले मस्कोमा पत्रकारहरुसँग भने – रुसले अन्तर्राष्ट्रिय कानुनको पालना गर्छ र यी कानुन अन्तर्गत हामीले त्यस्ता हतियार प्रयोग गर्न सक्दैनौं।
प्रतिक्रिया
Facebook Comment