ज्ञान कहाँबाट आउँछ ?

कृष्ण बोहरा
२५ वैशाख २०८१ ७:१९

हरेक मानिसको अनुहार फरक फरक भए जस्तै बिचारहरुमा पनि बिबिधता हुन्छ। बिचारहरुको निर्माण त परिवेश बाताबरण, सरसंगत र शिक्षाले नै बनाउँछ। बिचार आमाको संम्ंंपर्कबाट बन्न शुरु हुन्छ र परिवारले यसलाई मलजल गर्दछ।

छिमेक साथीभाइ र विद्यालयमा पुगेपछि यो फराकिलो बन्छ। आजकल इन्टरनेट र मोवाइलको कारण बिचार र ज्ञानको दायरा छिट्टै बढेर बिश्वव्यापी बन्दै गैरहेको छ। सबै भन्दा धेरै आफ्नै परिवेश र वातावरणले मानिसको बिचार बनाउन ठूलो भूमिका खेलेको हुन्छ। जसमा सामाजिक आर्थिक र राजनीतिक वातावरण मूख्य हुन्।

बाताबरण एउटै भयपनि प्रत्येकले भोगेको सत्यहरुमा बिबिधता हुन सक्छ। भोगाइ अनुसार बिचार निर्माण हुने भयकाले प्रत्येकका बिचारमा पनि आफ्नो पन हुन्छ नै। यसैले आफ्नै जस्तो बिचार अरुको भयन भनेर कुरा काट्दै हिँड्ने प्रवृत्ति गलत हो।

यसको लागि अरुलाई र संसारलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउनुपर्छ। अरुले गलतै गरेको भयतापनि त्यो परिवेशले बनाएको तथ्य हो भन्ने सम्झनुपर्दछ। सबैसँग सँगै हिँडेर मात्र अरुको कुरा पनि बुझ्न सकिन्छ। आफ्नो पनि अरुलाई बुझाउन सकिन्छ।

मानिस सामाजिक प्राणी भएकाले एक्लै हिँड्न उसलाई निकै गाह्रो महसुस हुन्छ। त्यो सम्भव पनि छैन। जुन दिन उसका हातपाखुरा चल्न छोड्छन, त्यो दिन फेरि पनि उ समाजवाट छुट्दै र एक्लो हुँदै जाने अनुभव हाम्रा बृद्ध अग्रजहरुले बुझ्नु भयको तथ्य हो।

एउटा बच्चा जन्मने बित्तिकै डाको छोडेर रुन्छ। किन रुन्छ यसको बारेमा केही अध्ययन गर्नु भएको छ? बच्चालाई कसैले केही गरेको पनि हुँदैन। यसको मतलव यो हो की बच्चा एक्कासी नयाँ वातावरणमा आइपुग्यो। उसलाई एकदमै असहज महसुस भयो। जसको कारणले उ रोयो। बिस्तारै उ अब भोक लागेपछि मात्र रुने हुन्छ।

रोएपछि उसले दुध खान पायो। अब बच्चा र आमा दुबैले एउटा, एउटा बिचार र ज्ञान हासिल गरे। भोक लागेपछि बच्चा रुन्छ भन्ने ज्ञान आमालाई भयो। बच्चालाई पनि रोए पछि दुध पाइन्छ भन्ने ज्ञान भयो। यसबाट धारणा बिचार र ज्ञानको उत्पत्ति ब्यबहारबाट हुने रहेछ भन्ने कुरा बुझियो। तलका बिविध व्यबहारबाट ज्ञानको उत्पत्ति हुनेगर्छ। जो यस प्रकार छः

-सामाजिक आर्थिक राजनीतिक कामहरु

-उत्पादनको काममा गरिने व्यबहार जस्तै कृषि र औद्योगिक कर्महरु

-बैज्ञानिक प्रयोगहरु

-बिचारहरुको निर्माणमा बिश्वास र अन्धबिश्वास

तथ्यको आधारमा सत्य खोज्ने कुरा बिज्ञानको तरिका हो। सत्य र तथ्यको वास्ता नगरी बिश्वास गरिने कुरालाई अन्ध बिश्वास भन्ने गरिएको छ। सबै भौतिकबादीहरु अन्ध बिश्वासको बिरोध गर्दछन्। यसैगरी अध्यात्मबादीहरु पनि भौतिकवादको बिरोध गरिरहेका हुन्छन्।

कोरा भौतिकवादीहरु र कोरा आध्यात्मवादीहरु दुवै सत्यमा अडिएका छैनन् भन्ने लाग्छ। यसका केही प्रमाणित आधारहरु छन। यी दुवैको बिश्वास अन्धबिश्वासमा अडेको छ। यस धर्तीमा यस्ता कयौं कुराहरु छन्, जो समाजमा घटित घटना परिघटनाहरु हुन्।

तर यसलाई भौतिकवादीले अन्धविश्वास भनेर टारेका छन्। अध्यात्मवादले इश्वरको लिला भनेर चित्त बुझाएका छन्। अथवा सैतान भूतप्रेत भनेर भयभित बनाएका छन्। तर यस्ता कुराहरु बिज्ञानले प्रमाणित गर्न बाँकी तथ्यहरु हुन्। यस धर्तीमा सकारात्मक र नकारात्मक उर्जाहरु घुमिरहेका हुन्छन्।

यस्ता उर्जाहरु मानव समाज र यस प्रकृत्तिबाटै उत्पत्ति भएका हुन्। मानिसका बिश्वास र मान्यताकै उपज पनि हुन्। जुन भुत प्रेत वा ईश्वरको रुपमा मानिसलाई नै तर्साइरहेका छन। तपाईंले नजान्दा रेडिओ पनि एउटा भूत, सैतान वा ईश्वर हो। टेलिभिजन त अझ ठूलो ईश्वर हो वा महा चण्डाल हो।

यी दुई उपकरणहरु मानिसको पहुँच भित्र भएकाले हामीलाई सामान्य लाग्छन्। यस्ता धेरै बिज्ञानका तथ्यहरु प्रकृतिमा गुपचुप रहेका छन्। त्यही तथ्यहरु नै हाम्रा लागि भूत प्रेत वा ईश्वर हुन्। अर्को उदाहरण बिना चालक गुड्ने कार पनि हो। भन्नुस् गज्जव छैन त? यो त दिउँसै भूतले गाडि चलाएको भएन र?

 बिचारहरु निर्माणमा जीवनका धुन

हार्मोनियम र गीतारको तारबाट कलाकारले स्वर र धुन निकाल्नुहुन्छ। यसैगरी प्रत्येक मानिसमा पनि केहि न केहि धुन बिद्यमान हुन्छ। त्यस्तो धुन मानिसका दुःख र संंघर्षका आयामहरुबाट उत्पन्न भएका पनि हुन सक्छन्।

जीवनका सुख र आनन्दबाट श्रृतिज पनि हुन सक्छन्। जीवनका सफलताबााट श्रृजित पनि हुन सक्छन् वा असफलताबाट उत्पन्न भएको पनि हुन सक्छन्। प्रत्येक मानिसमा यो हुने नै गर्दछ।

प्रत्येक मानिसमा हुने मानवीय र सामाजिक भावना तथा निजी भावनाले उसमा हुने आदर्श बिचार कति छ? भनि मापन गर्न पनि सकिन्छ। तैपनि समस्या नै समस्यामा जडकिएकाका लागि आदर्श बिचार परिकल्पनाको बस्तु बाहेक केही हुन सक्तैन।

दालभात खानकै लागि दिनरात मेहनत गर्दा पनि पुग्दैन भने अन्तरिक्षमा सयर गर्ने कुरा कसरी कल्पना गर्न सकिन्छ? अरु ठूल ठूला कुरा सोच्नु बेकार हुन्छ। सबै कुरा आ-आफ्नो परिवेश र परिस्थितिमा भर पर्ने कुरा हो। कतिपयलाई मैले जस्तै उसले किन गरेन? भन्ने पनि लाग्न सक्छ।

यस्तो अभिव्यक्त भएकै पनि सुनिन्छ। सबैको अबस्थाले कुन काम गर्न सक्ने र नसक्ने भन्ने कुराको ग्यारेन्टी हुन्छ। कस्तो बिचार र योजना बन्छ भन्ने कुराको पनि यकिन हुन्छ। यस्तै मानिसको सौख, चाहना वा इच्छा शक्तिले पनि यसमा भूमिका खेलेको हुन्छ। सौख र चाहनालाई प्रभाव पार्ने तत्व पनि सरसंंगत र वातावरण नै हो।

यसैले हरेक मानिसको जीवनको धुन फरक फरक हुन सक्छ। जसरी गिटारका फरक फरक तारले फरक फरक धुन निकाल्दछन। एउटै धुन किन निस्केन भन्ने कुरा बुझ्न तारको अवस्थितिलाई राम्ररी नियाल्नु जरुरी छ।

अर्को कुरा मानिसका परिवेश, वाताबारण र उसले गर्ने कर्मवाट मानिसको बिचार निर्माण हुने कुरा बुझियो। यसरी बन्ने बिचारहरु सामाजिक मूल्य र मान्यता अनुरुप पनि हुनुपर्छ। सामाजिक मूल्य मान्यता बिपरित भएमा यो समाज बिरुद्धको आचरण भयो।

समाज बिरुद्ध जानेलाई देशको ऐन नियम र कानूनले नियमन गरेको हुन्छ। यसैले अपराध कर्म गर्नेहरुलाई दण्ड सजायको व्यबस्था गरिएको छ। तर हाम्रो यो संसदीय व्यबस्थामा दादागिरी गर्ने, तस्करी गर्ने, सरकारी जग्गा हत्याउने, मानिसहरु नै राजनीतिमा पनि हावी भएका छन्।

अझ यिनीहरु केन्द्रीय नेतृत्वमा समेत पुगेका छन्। पार्टी सिष्टम र पार्टी भित्र पनि गुटगत अवस्था हावी हुनाले अपराध कर्म गर्नेहरुले घुमी फिरी मौका पाउने गरेका छन्। चुनावमा पैसा बाँडी चुनावलाई पनि उनीहरु प्रभाव पार्न सक्दछन्। यिनै व्यक्तिहरुले नै हाम्रो राज्य सत्ताको रेल चलाइरहेका छन। भनाइ र गराइमा फरक पर्नु, सिद्धान्त र व्यबहारमा आकास जमिन अन्तर हुनु यही नै मूख्य कारण हो।

संंसारलाई हेर्ने हाम्रो आँखा सकारात्मक हुनुपर्छ भन्दै गर्दा सामाजिक मूल्य मान्यतामा सबै जना चलुन् भन्नका लागि हो। जब सामाजिक मूल्य मान्यता त्यागेर कुनै मानिस, कुनै समूह वा पार्टी देशका नियम कानूनको धज्जी उडाउँछ।

आफ्नै पार्टीको आन्तरिक नियम र अनुशासनको पनि ख्याल गर्दैन भने कसरी सकारात्मक हुन सकिएला र? चुनावमा टिकट नपाउने बित्तिकै कुनै नेतो चुनावको मुखमा आफ्नै साथीलाई हराउन बिरोधी पार्टीमा प्रवेश गर्दछ।

पार्टीको अनुुशासन त तोडियो नि! तिनै मानिसलाई पार्टी भित्रका गुटहरुले हानथाप गरेर पुःन पार्टी भित्र प्रबेस मात्र हैन आफ्नो गुटमा ल्याउन हानथाप गर्दछन् भने यहाँ भन्दा बिडम्वना के हुन सक्छ? यी र यस्तै प्रकृतिका थुप्रै बिकृति छन्।

यो नै संसदीय व्यबस्थाको सबैभन्दा खराव पक्षहरु हुन्। व्यक्तिगत रुपमा शिर्ष नेताका स्वार्थ माथि हुन्छन्। पार्टीगत स्वार्थभन्दा गुटको स्वार्थ माथि हुन्छ। देशको स्वार्थ भन्दा पार्टीको स्वार्थ माथि हुन्छ। देश गरिव हुनु, बिदेशीको इसारामा चल्ने हुनु। राष्ट्रिय स्वार्थको सधै बलिदान हुनुको मूख्य कारक नै यस्तै यस्तै गतिबिधिहरु हुन्।

यसलाई सच्याउनको लागि काम गर्नेको मूल्यांंकन राम्रो गर्ने परिपाटी बसाल्नु आवश्यक छ। गलत गर्नेहरुलाई अपराधको प्रकृति हेरेर नसियत दिने व्यबस्था हुनुपर्छ। राम्रो गर्नेलाई निरन्तर प्रोत्साहनको आवश्यक छ। जे कुरो हुनु हुँदैन भनियो त्यो कुरो निरन्तर हुँदै आयो।

जे कुरा हुनुपर्छ भनियो त्यो आकाशको फल जस्तो भयो। सबैको दिमागलाई सकारात्मक बनाउन देश एउटा लयमा बग्नुपर्छ। राष्ट्रिय स्वार्थ सर्बोपरी बन्नुपर्छ। यसकोलागि सिष्टममा सुधार या परिवर्तन गर्न आवश्यक परे पनि तयार हुनुपर्दछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *