इजरायली सेनाको दावी – ‘गाजातर्फको रफाह सीमामा हाम्रो नियन्त्रण छ’
काठमाडौं । इजरायली सेनाले गाजातर्फको ‘रफाह सीमामा परिचालन नियन्त्रण’ हासिल गरेको बताएको छ।
गत राती इजरायली ट्याङ्करहरू गाजाको यस दक्षिणी क्षेत्रमा प्रवेश गरेका थिए। यो गाजा र इजिप्टको सिमानामा रहेको क्षेत्र हो।
गत वर्ष अक्टोबरमा इजरायली सेना गाजामा प्रवेश गर्दा प्यालेस्टिनीहरूलाई रफाहको राहत शिविरमा शरण लिन भनिएको थियो। अहिलेसम्म यसलाई गाजाको सुरक्षित क्षेत्र मानिन्थ्यो।
अब रफाह सिमानाको नियन्त्रण प्राप्त गरेपछि, आइडीएफले एक विज्ञप्ति जारी गर्दै भनेको छ – “आइडीएफले पूर्वी रफाह क्षेत्रमा सटीक आतंकवाद विरोधी अभियान सुरु गर्यो। पूर्वी रफाहमा रहेको रफाह क्रसिङ आतङ्ककारी उद्देश्यका लागि प्रयोग गरिँदै आएको खुफिया जानकारीको आधारमा, आइडीएफले रातारात (सोमबार) क्रसिङको गाजा पक्षको परिचालन नियन्त्रण प्राप्त गर्यो।”
आइडीएफले भन्यो “अपरेशनले रफाह क्षेत्रमा हमास आतंकवादी लुक्ने ठाउँमा आक्रमण गरी नष्ट गर्यो र रातभरको अपरेशनमा लगभग २० आतंककारीहरूलाई मारियो ।”
विज्ञप्तिमा आइडीएफले पूर्वी रफाह र रफाह क्रसिङ क्षेत्रमा हमास विरुद्धको अभियान जारी राख्ने पनि भनिएको छ।
Facebook Comment