कश्मीर तनावपछि इमरान खानको भारतलाई चुनौती

डिसी नेपाल
२० साउन २०७६ १४:५९

काठमाडौं । कश्मिर मुद्दालाई लिएर भारतको जनमत बिभाजित भइरहेको छ । जनमत बिभाजित भइरहेका बेला पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कश्मिरमा नयाँ संकट उत्पन्न हुने चेतावनी दिएका छन् । उनले जम्मु कश्मिरमा भारतले ७० वर्ष देखि अत्याचार गरीरहेको बताएका छन् । उनले यहि बेलामा जम्मु कस्मिरलाई भारतको अत्याचारबाट मुक्त गर्नुपर्ने बताएका छन् ।

सीमा क्षेत्रमा तनाव भइरहेका बेला सरकार र सेनाको संयुक्त बैठक राखेका इमरानले समस्या सुल्झाउने कोशिष गरेका छन् । सो केशिष पछि सामाजिक सञ्जाल मार्फत उनले आफ्नो प्रतिकृया सार्वजनिक गरेका हुन् । त्यसलगत्तै लगातार तीनवटा ट्वीट गरेर कश्मिर मामिलामा अमेरिकी मध्यस्थता आवश्यक रहेकोसमेत बताएका छन् । उनले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको समेत ध्यानाकर्षण गराएका छन् । पाकिस्तानले भारतमाथि नियन्त्रण रेखा पारी क्लस्टर बम प्रयोग गरेको आरोप पनि लगाएको छ जसलाई भारतले खारेज गरेको छ ।

इमरान खानले भारतले नियन्त्रित रेखा पारी नागरिकलाई निशाना बनाएर हमला गरिरहेको आरोप लगाएका छन् । एक ट्वीटमा इमरान खानले भने, ‘म भारतको तर्फबाट नियन्त्रण रेखा पारी निर्दोष नागरिकमाथि हमला र क्लस्टर बमको प्रयोगको आलोचना गर्छु । यो मानवीय कानून र भारतको सन् १९८३ को पारम्परिक हतियारमाथि कन्भेन्सनको प्रतिबद्धताको उल्लंघन हो ।’उनले भने, ‘संयुक्त राष्ट्र सुरक्षा परिषदले शान्ति र सुरक्षाका लागि यो अन्तरराष्ट्रिय खतराबारे जानकारी लिनुपर्छ ।’

अर्को एउटा ट्वीटमा इमरान खानले भने, ‘कब्जा गरिएको कश्मिरमा बसिरहेका मानिसहरुको पीडाको त्यो अत्यास लाग्दो लामो रातलाई अन्त्य गर्ने बेला आएको छ । उनीहरुलाई संयुक्त राष्ट्र सुरक्षा परिषदको सम्झौता अनुसार आफ्नो भाग्य स्वयं छान्ने अधिकारको प्रयोग गर्न दिनुपर्छ ।’ उनले भने, ‘कश्मिरको शान्तिपूर्ण र न्यायपूर्ण समाधानले नै दक्षिण एशियामा शान्ति र सुरक्षाको मार्ग प्रशस्त हुन्छ ।’

कश्मिर विवादका कारण ७० वर्षदेखि तनावग्रस्त रहेको भारत पाकिस्तान सम्बन्ध पछिल्ला घटनाक्रमले थप चिसिएको छ । राष्ट्रसंघीय वार्षिक महासभाको पूर्वसन्ध्यामा पाकिस्तानी प्रधानमन्त्रीले अब जम्मु कश्मिरलाई स्वतन्त्र बनाउने समय आएको टिप्पणी गरेका छन् । इमरानले भनेका छन्, भारतको कब्जामा रहेको कश्मिरमा बसिरहेका जनताको पीडाको लामो रात अब खत्तम गर्ने समय आएको छ । संयुक्त राष्ट्र सुरक्षा परिषदको सम्झौता अनुरुप आफ्नो भाग्य आफैं चुन्ने अधिकार उनीहरुलाई दिनुपर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *