आफ्नै पूर्वक्लवसँग रोनाल्डोको भिडन्त, आफ्नै पूर्वप्रशिक्षकलाई जित्न सक्लान् त ?
काठमाडौं। पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोको आफ्नै पूर्वक्लव र पूर्वप्रशिक्षकसँग भिडन्त परेको छ । हाल म्यान्चेस्टर युनाइटेडमा रहेका फ्रान्सका स्टार मिडफिल्डर पउल पोग्बालाई अनुबन्ध गर्नका लागि अहिले युभेन्टस र रियल मड्रिड प्रतिस्पर्धामा छन् । यो प्रतिस्पर्धालाई दुई क्लवसँगै क्रिटियानो रोनाल्डो र जिनेदिन जिदानको प्रतिस्पर्धाको रुपमा लिइएको छ ।
रियलले हालै युनाइटेडलाई पोग्बाको बदलामा कोलम्बियन स्टार जेम्स रोड्रिगुएज र २७.४ मिलियन पाउण्ड दिने प्रस्ताव गरेको थियो । यो प्रस्ताव युनाइटेडले अस्वीकार गरेको छ । युनाइटेडले आफूलाई पोग्बाको बदलामा १५० मिलियन पाउण्ड चाहिने र पैसाबाहेक अन्य कुनै कुरा स्वीकार गर्न नसकिने जनाएको छ । उसले रियलले कुनै खेलाडी अफर गरे पनि आफूलाई खेलाडी नचाहिने प्रस्ट पारेको छ ।
अब रियल पोग्बाको लागि युनाइटेडले मागेको रकम दिन तयार हुन्छ कि हुँदैन भन्ने हेर्न बाँकी छ । रियलका कोच जिनेदिन जिदान कुनै पनि हालतमा पोग्बालाई ल्याउन चाहन्छन् । पोग्बा आएमा क्लवको प्रदर्शन सुधार हुने उनको आशा छ । अहिलेसम्म क्लवको प्रि सिजन टुरमा रियलको प्रदर्शन अत्यन्तै निराशाजनक छ जसका कारण रियल व्यवथापन जिदानसँग असन्तुष्ट छ । क्लवमा आफ्नो थिति बलियो बनाउन पनि जिदानलाई पोग्बाको सहारा चाहिएको छ त्यसैले उनी पोग्बालाई ल्याउन रियल व्यवस्थापनलाई दबाब दिइरहेका छन् ।
उता युभेन्टस पनि पोग्बालाई अनुबन्ध गर्न प्रयासरत छ । युभेन्टसलाई यसो गर्न रोनाल्डोले नै भनेका हुन् । युभेन्टसले पोग्बाको लागि युनाइटेडलाई बम्पर अफर दिएको छ । पोग्बा एक्लैका लागि युभेन्टसले ३ जना खेलाडी दिन क्ने प्रस्ताव गरेको छ । युभेन्टसले पाउलो ड्याब्ला, मारियो मान्ड्जुकी र ब्लेइज माटुइडीलाई दिन तयार भएको छ । यो बम्पर अफर युनाइटेडले स्वीकार गरेमा जिदानको सपना सपनामै सीमित रहनेछ ।
Buy Xenical Orlistat 120mg Does Cephalexin Kill Coccidia Tomar Propecia Comprar cialis 40 mg Discount Fildena Ciprofloxacine Uniflox Keflex And Headaches