गजल : देश मेरो
१२१२२ १२१२२ १२१२२ १२१२२
बुकी र बेली सुनाखरीले सिँगारिएको छ देश मेरो
पहाड पर्वतहरूले उस्तै अहा! बनेको छ देश मेरो
लगाई चन्दन ढपक्क शिरमा
गगन चुमेजस्तो लाग्छ हेर्दा
कपुर र तुलसीहरूले मगमग पवन उडेको छ देश मेरो
रमाइला दृष्यले नयनमा गरेर चुम्वन यो विश्व सामु
नसानसामा सदैव धड्कन बनी कुदेको छ देश मेरो
नजिर बनेको थियो रे भन्थे सखीहरूले म दूर जाँदा
छ ज्यान टाढा तथापि दिलमा सधैँ अटेको छ देश मेरो
बजार लाग्छन् विचारका खुब न लक्ष्य हुन्छन् न योजना नै
सदैव झेल्दा बेकार अड्चन हदै दुखेको
देश मेरो
प्रतिक्रिया
Facebook Comment