११० वर्षसम्म सधैं भोट हान्दै बिजुली र बाटो पर्खिन्, विकास आशामात्रै रह्यो वृद्धाले प्राण त्यागिन्

डिसी नेपाल
२० साउन २०७६ १६:५४

काठमाडौं। गाउँमा बिजुलीबत्ती, मोटरबाटो जस्ता विकासका पूर्वाधार आउने आशामा ११० वर्षको उमेर पुग्दासम्म नियमित रुपमा मतदान गर्ने एक आदर्श मतदाता वृद्धाले अन्ततः प्राण त्याग गरेकी छिन् । महिलाले यति लामो समयसम्म पर्खिंदा पनि उनको आशा भने कहिल्यै पूरा भएन । भारतको कुल्लु जिल्लाको दुर्गम क्षेत्र शाक्टी मरौडकी शाढी देवी नामकी यी महिला गाउँमा विकास हुने आशामा हरेक निर्वाचनमा उत्साहका साथ मतदानमा सहभागी हुन्थिन् । तर, अहिले उनको मृत्यु भइसक्दा पनि घरमा बिजुली बाल्ने र खाद्यान्न, बिरामी लगायतलाई गाडीमा ओसार्ने उनको सपना अधुरै छ ।

भारतको हिमांचल प्रदेशको यो गाउँका जनता अझै अँध्यारोमा बस्न बाध्य छन् तर यही राज्यमा ८५० मेगावाटको पार्वती–३, ५२० मेगावाटको पार्वती २ र १०० मेगावाटको सैंज परियोजनासमेत पाँच विद्युत परियोजना संचालित छन् । जलविद्युत परियोजनाको नगर भनेर चिनिने सैंज घाटीको यो गाउँमा सरकारी सुविधाको नाममा एउटा प्राथमिक पाठशाला मात्र छ । माध्यमिक पढाइको लागि यहाँबाट ८ किलोमिटर टाढा नौनीहाल जानुपर्छ । गाउँबाट सडक ३० किलोमिटर टाढा छ । जिल्लाकी सबैभन्दा वृद्ध महिला शाढी देवीका कारण यसपटक लोकसभा चुनावमा यो गाउँ चर्चामा आएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *