संयुक्त राष्ट्रसंघको महासभामा प्यालेस्टाइनलाई सदस्यता दिन ठूलो समर्थन, अमेरिका र इजरायलको विरोध

डिसी नेपाल
३० वैशाख २०८१ १४:००

काठमाडौं । संयुक्त राष्ट्र संघको महासभाले प्यालेस्टाइनको सदस्यतालाई समर्थन गरेको छ । संयुक्त राष्ट्र संघको महासभाले प्यालेस्टाइनको पूर्ण सदस्यतालाई भारी बहुमतले समर्थन गरेको छ ।

प्यालेस्टाइनलाई संयुक्त राष्ट्र संघको स्थायी सदस्य बनाउने प्रस्तावलाई १४३ देशले समर्थन गरेका छन् भने ९ देशले विपक्षमा मतदान गरेका छन् । विपक्षमा मतदान गर्ने देशहरूमा अमेरिका र इजरायल छन्।

अमेरिकाले गत महिना संयुक्त राष्ट्र सुरक्षा परिषदमा यस्तै प्रस्तावलाई भिटो गरेको थियो। संयुक्त राष्ट्र संघको सदस्यता सम्बन्धी निर्णय सुरक्षा परिषद्ले मात्र लिन्छ।

अमेरिकाले प्यालेस्टाइनको सदस्यता प्रस्तावलाई फेरि भिटो गर्ने विश्वास गरिएको छ । तर शुक्रबारको महासभामा प्राप्त भएको समर्थनलाई विश्वमा प्यालेस्टिनीलाई बढ्दो समर्थनका रूपमा हेरिएको छ ।

हाल प्यालेस्टिनी भूभाग संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र होइन तर पर्यवेक्षक राष्ट्र हो। इजरायली विदेशमन्त्रीले संयुक्त राष्ट्र संघको महासभाको निर्णयलाई ‘आधारहीन निर्णय’ भनेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *