ब्राजिलको दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ११६ जनाको मृत्यु

डिसी नेपाल
३० वैशाख २०८१ १६:२०

काठमाडौं । ब्राजिलको दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ११६ जनाको ज्यान गएको छ । १४४ जना हराइरहेको बताइएको छ।

बाढीका कारण दक्षिणी क्षेत्रका धेरै सहरका करिब चार लाख मानिस प्रभावित भएका छन् । बाढी प्रभावित क्षेत्रका करिब ७० हजार मानिस अस्थायी टहरामा बस्न बाध्य छन् ।

पछिल्लो एक सातादेखि खाना, पिउने पानी जस्ता अत्यावश्यक कुराका लागि समेत संघर्ष गर्नुपरेको बाढी प्रभावित बताउँछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *