जसपा विभाजनः लुम्बिनीका दुई प्रदेश सांसद अशोक राईको पक्षमा खुले

डिसी नेपाल
३० वैशाख २०८१ १७:१०

बुटवल। लुम्बिनी प्रदेश सभाका दुई सांसद अशोक राई नेतृत्वको नवगठित जनता समाजवादी पार्टीमा खुलेका छन्।

प्रदेशसभा सदस्यहरू आदेश कुमार अग्रवाल र भण्डारीलाल अहिर यादवले लुम्बिनी प्रदेश निर्वाचन कार्यालयमा गई जसपाको पक्षमा सनाखत गरेका हुन् ।

दुवै जना बाँके( २ को १ र २ बाट प्रदेशसभा सदस्य पदमा प्रत्यक्ष निर्वाचित भएका थिए।

जसपा नेपालका लुम्बिनीमा ३ सांसद रहेका छन् । २ जना जसपामा लागेसँगै अब जसपा नेपालका एक सांसद रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *