द एशेजः पहिलो टेष्टमा अष्ट्रेलियाको शानदार जित
लण्डन (एजेन्सी) । एक वर्षपछि टेष्ट क्रिकेटमा पुनरागमन गरेका अष्ट्रेलियाका पूर्व कप्तान स्टेभन स्मिथले उत्कृष्ट ब्याटिंग गरेपछि द एशेज श्रृंखलाको पहिलो टेष्टमा अष्ट्रेलियाले शानदान जित हात पारेको छ ।
बर्गिघममा टस जितेर पहिला ब्याटिंग गरेको अष्ट्रेलियाले पहिलो इनिंगमा २८४ र दोस्रो इनिंगमा ४८७ रनमा इनिंग समाप्तीको घोषणा गरेको थियो । घरेलु टिम इंग्ल्याण्डले पहिलो इनिंगमा ३७४ रन बनाएको थियो । यसरी जितका लागि ३९८ रनको विशाल लक्ष्य पाएको इंग्ल्याण्ड पाँचौ तथा अन्तिम दिन सोमबार १४६ रनमा अलआउट हुँदा अष्ट्रेलिया २५१ रनले विजयी भयो । इंग्ल्याण्डको दोस्रो इनिंग ध्वस्त बनाउनेक्रममा स्पनीर नाथल लायनले ६ र फास्ट बलर पाट कमिन्सले ४ विकेट लिए।
इंग्ल्याण्डका लागि क्रिस वक्सले सबैभन्दा धेरै ३७ रन बनाएका थिए। उसका ३ जनाबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
अष्ट्रेलियाका लागि स्मिथले दुबै इनिंगमा शतक बनाए । उनले पहिलो इनिंगमा १४४ र दोस्रो इनिंगमा १४२ रन बनाए।
आईसीसी विश्व टेष्ट च्याम्पियनसिपमा समेत गणना हुने यो सिरिजको पहिलो खेल जितेपछि अष्ट्रेलियाले २४ अंकसमेत जोडेको छ । यही सिरिजबाट पहिलो पटक शुरु भएको आईसीसी टेष्ट सिरिजमा पहिलो खेल जिन्ते टिम अष्ट्रेलिया बनेको छ ।
उता हालै सम्पन्न ओडिआई विश्व कप जितेको इंग्ल्याण्डले खराब नतिजाबाट सिजन शुरुआत गरेको छ ।
Facebook Comment