जीबी राईको राहदानी रद्द गर्न प्रहरीको पत्राचार
काठमाडौं। सहकारी ठगी प्रकरणमा फरार रहेका जीवी राईको राहदानी रद्द गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले राहदानी विभागलाई पत्र लेखेको छ। सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्षसमेत रहेका जीबी अरबौं ठगेर भागेका छन्।
उनी अहिलेपनि प्रहरीको मोस्ट वान्टेड सूचीमा छन्। नेपाल प्रहरीले राईको राहदानी रद्द गर्न पत्राचार गरेको छ। राई भने लामो समयदेखि सम्पर्कविहीन छन्।
उनीविरुद्ध यसअघि नै इन्टरपोलबाट डिफ्युजन र रेड नोटिस जारी भइसकेको छ। अर्बौं ठगी गरेर भागेका जीबीलाई पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्री रवि लामिछानेको चर्को आलोचना भइरहेको छ।
Facebook Comment
प्रतिक्रिया
सरकारले भगायाे,प्रधानमन्त्री काे मिलेमतोमा भगाइयाे,रेकर्नर नाेटिस निकालिएको ब्यक्ति संसार काे जुनसुकै कुनामा भए पनि गिरफ्तार गरेर स्वदेश फिर्ता हुन्छ ,तर नेपाल मा जनताको सम्पत्ति सहकारी मार्फत नेताले लुटपाट गरेर राजनीति गरे ,भ्रष्टाचार गरे ।अहिले सन्चालक लाई नै भगाइरहेका छन ।जनताले दुख गरेर सहकारी मा जम्मा गरेको रकम सरकार बाटैलुटपाट गरियो ।सन्चालक लाई समातेर जनताको सम्पत्ति अशुलउपर गर्नुपर्नेमा राज्य प्रमुख बाटै भित्र भित्रै बैमान गरिएको छ।नेपाली जनता ले न्याय पाउने ठाउँ यो देशमा छैन!! गल्ती हाम्रो हाे अझै यिनै अपराधी हरु लाई मतदान गरेर सत्तामा पुर्याउने हामी नै हाै।हामी मा चेतना कहिले अाउला!!