सरकारको नीति तथा कार्यक्रम परम्परागत: कांग्रेस
'सहकारी पिडितलाई न्याय तथा ठगी गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता आएन'
काठमाडौं। नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम परम्परागत भएको टिप्पणी गरेको छ।
सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस मुख्य सचेतक रमेश लेखकले जनताको समस्या समाधान गर्न असक्षम देखिएको कार्यक्रम परम्परागत भएको टिप्पणी गरेका हुन्।
उनले सरकारको कार्यक्रमा कुनै उत्साह नदेखिएको धारणा राखे। उनले सहकारी प्रकरणमा पिडितलाई न्यायका साथै दोषीलाई कारबाही गर्ने प्रतिबद्धता नआएको जिकिर गरे। सरकार सहकारी पिडितहरुको मर्काप्रति संवेदनशील नरहेको उनको भनाइ छ।
उनले सरकारको नीति तथा कार्यक्रममा धेरै महत्वपूर्ण विषय छुटेको बताए।
प्रतिक्रिया
Facebook Comment