तीनकुने जग्गाको विवाद समाधान गर्न गृहमन्त्री लामिछानेको ध्यानाकर्षण

डिसी नेपाल
१ जेठ २०८१ १८:१९

काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग तीनकुने जग्गाको विषयमा देखिएको विवाद समाधान गर्न सरोकारवाला प्रतिनिधिले ध्यानाकर्षण गराएका छन्। गृह मन्त्रालयमा आज काठमाडौं क्षेत्र १का सांसद सोविता गौतम, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलगायतको उपस्थितिमा उक्त जग्गाको मुआब्जा पीडितले गृहमन्त्रीसमक्ष समस्या सुनुवाइका लागि आग्रह गरेका छन्।

सो छलफलमा गृहमन्त्री लामिछानेले एक हप्ताभित्रै त्यहाँको अवस्थाबारे जानकारी लिएर सरोकारवालाको बैठक बोलाउने प्रतिबद्धता जनाएका छन्। छलफलमा उनले समस्या समाधानका लागि पहल गर्ने आश्वासनसमेत दिएका छन्। पञ्चायत स्मारक पार्क बनाउन २०३१ सालमा तत्कालीन सरकारले ५२ रोपनी जग्गा अधिग्रहण गरेको थियो तर अहिलेसम्म सो मुआब्जा विवादको समस्या समाधान हुनसकेको छैन। सांसद गौतमले पनि यो समस्या समाधानका लागि प्रयास गरिरहेकी छन्। उनले पटक–पटक प्रतिनिधिसभाको बैठकमा पनि त्यहाँको विवादबारे प्रश्न उठाएकी थिइन्।

छलफलमा मनोहरा जग्गा एकीकरण र मनोहरा करिडोरमा देखिएको समस्या समाधानबारे पनि कुराकानी भएको भएको थियो। तीन कुनेमा सरकारबाट केही जग्गाधनीले मुआब्जा बुझिसकेका छन्। केही जग्गाको मुआब्जामा वितरण र केहीको मूल्यांकनसमेत भएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *