‘फिफा’ वरियतामा एक स्थानमाथि उक्लियो नेपाल ,फ्रान्स पहिलो स्थानमा

डिसी नेपाल
३१ साउन २०७५ १०:१०

काठमाडौं । फुटबलको सर्वोच्च निकाय ‘फिफा’ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थानमाथि उक्लिएको छ ।

‘फिफा’ले बिहीवार दिउँसो सार्वजनिक गरेको महिनाको वरियतामा नेपाल एक स्थान माथि उक्लिदै १ सय ६१ स्थानमा रहेको छ । नेपालको १ सय १७ अंकका साथ वरियताको एक स्थानमा माथि उक्लिएको हो ।

नेपालभन्दा माथि रहेको अर्को दक्षिण एशियाली मुलुक भुटान १ सय ६५ औं स्थानमा पुगेको छ । सन् १९९३ मा नेपाल फिफा वरियतामा १ सय २४ औं स्थानमा रहेको छ ।

रसिया विश्वकपको उपाधी जितेको फ्रान्स पहिलो स्थानमा छ भने बेल्जियम दोस्रो स्थानमा छ । फ्रान्सले विश्वकपको फाइनलमा क्रोएशियालाई पराजित गर्दै उपाधि उचालेको थियो ।

तेस्रो स्थानमा ब्राजिल तथा चौथो स्थानमा क्रोएशिया छ । उरुग्वे पाँचौ स्थानमा छ भने इंग्ल्याण्ड छैंटो स्थानमा छ ।

गत महिना रसियामा सम्पन्न विश्वकपको सेमिफाइनलसम्म पुगेको इंग्ल्याण्डले सन् २०१३ मा चौंथो स्थान हात पारेको थियो । त्यतिबेला पाएको फिफा वरियता नै इंग्ल्याण्डको अहिलेसम्मको सबैभन्दा ठूलो सफलता हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *