म्याकुलमले गरे क्रिकेटबाट सन्यासको घोषणा, ग्लोबल टी–२० नै अन्तिम खेल हुने
एजेन्सी । न्युजिल्याण्डका विकेटकिपर ब्याट्सम्यान ब्रेन्डन म्याकुलमले क्रिकेट खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । म्याकुलमले सोमबार क्यानडामा जारी ग्लोबल टी-न्टी क्रिकेट सकिएपछि सबै खाले क्रिकेटबाट सन्यास लिने घोषणा गरेका हुन् ।
३७ वर्षे म्याकुलमले सामाजिक संजाल ट्वीटरबाट सन्यास घोषणा गरेका हुन् । म्याकुलम टोरन्टो नेसनलबाट ग्लोबल टी–ट्वान्टी खेलिरहेका छन् ।
It’s been real… pic.twitter.com/sdCqLZTDz6
— Brendon McCullum (@Bazmccullum) August 5, 2019
म्याकुलमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ग्लोबल टी-ट्वान्टीपछि सबै खाले क्रिकेटबाट सन्यासको आज घोषणा गर्दछु । २० वर्षे क्रिकेट करियरमा मलाई गर्व छ । मेरो परिवार, टिममेट, प्रशिक्षक, समर्थक सम्पूर्णमा धेरै धन्यवाद,’।
सन्याससँगै म्याकुलमले युरो टी–ट्वान्टी स्लाम समेत नखेल्ने बताएका छन् । म्याकुलमले सन् २०१६ मा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए । म्याकुलमले न्युजिल्याण्डका लागि १०१ टेष्टमा ६ हजार ४५३ रन बनाएका छन् । यस्तै २६० एकदिवसीयमा ६ हजार ८३ रन जोड्दा ७१ टी–ट्वान्टीमा २ हजार १४० रन बनाएका छन् ।
Facebook Comment